११ मंसिर २०८१, मंगलवार
नेपालगञ्जको तापक्रम ३७ दशमलव ५ डिग्री अझै गर्मि बढ्ने

पानी पर्ने सम्भावना कति, एक दुई दिनमा पर्ने झिनो शंभावना


  • टाइम्स संवाददाता

  • १६ जेष्ठ २०८०, मंगलवार ०७:५३

नेपालगञ्ज: नेपालगञ्ज लगाएत  देशका धेरै ठाउँमा आज पनि बिहानै घाम चर्किएको छ । एक/दुई दिन अझै घाम चर्किने अनुमान रहेको मौसमविद्ले बताएका छन् ।मौसमविद् रोजर लामिछानेका अनुसार तत्काल पानी पर्ने सम्भावना छैन । प्रि-मनसुुनको समय भएकाले पहाडी क्षेत्रका केही ठाउँमा बेलुकीपख मौसम आंशिक बदली हुने अनुमान भए पनि पानी नपर्ने उहाँले बताउनुभयो ।

मौसमविद् लामिछानेका अनुसार तत्काल पानी पार्ने प्रणाली सक्रिय छैन । यसले गर्दा तापक्रम बढ्ने अनुमान छ । पानी पर्न रोकिएसँगै काठमाण्डौसहित धेरै ठाउँको अधिकतम तापक्रम बढ्न थालेको छ । हिजो काठमाण्डौको अधिकतम तापक्रम २९ दशमलव ८ डिग्री सेल्सियस पुगेको थियो ।

आज पनि यही हाराहारीमा तापक्रम पुग्ने अनुमान छ । यस्तै, सिमराको अधिकतम तापक्रम ३८ दशमलव ४, जनकपुरको ३८,  नेपालगञ्जको ३७ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ ।

Nabintech