नरैनापुर,बाँके:गत आईतवार बाँके जिल्लाको नरैनापुर गाउपालिका स्थित वडा नं.५, ३ र ४ का जमुनि, गेगली, जयरामपुर्वा र जनतापुरमा भएको आगलागि पिडतहरुको माननिय संघिय सांसद सुर्य ढकालले स्थलगत अनुगमन गरी तत्कालका लागि राहत सामाग्रि बितरण गरेका छन ।

आफु सदा जनताको माझमा रहेको भन्दै माननिय ढकालले आगलागि पडित २१ परिवारलाई दैनिक उपभोग्य खाद्यान्न लगाउने कपडा तथा अन्य लत्ता कपडा लगाएत सामाग्री वितरण गरेका हुन ।
राहत वितरण समारोहलाई सम्बोधन गर्दै नेकपा एमाले बाँकेका ईन्चार्ज समेत रहेका संघिय सांसद ढकालले किसान, मजदुर र दुखिको घाउमा मल्हम लगाउन आफु यसै क्षेत्रबाट निर्वाचित भएको बताउदै नरैनापुरमा अब फुसका घर बिस्थापित गरि टिनका छानायुक्त घर निर्माणमा आफुले बजेट खर्च गर्ने सोच रहेको बताए ।

बर्षेनि आगलागि जस्तो जोखिममा रहेका नरैनापुरबासिहरुलाई आफनो सांसद कोषबाट फुसका घर बिस्थापित गर्ने र टिनका छाना सहितको सुन्दर गाउ बनाउन चाहेको बताए ।
बास्तबिक गरिब तथा घरवार बिहिनहरुको पहिचान गरि टिनका घर निर्माणको अभियान चलाउन आफु आतुर रहेको बताएका माननिय संघिय सांसद ढकालले टिनका छानायुक्त बसोबास निर्माणमा नरैनापुरबासि समेत ईमान्दारपुर्वक यो अभियानमा लाग्ने बिश्वास ब्यक्त गरे ।
हरेक बर्ष आगलागि हुदा मानव वस्ति नै जोखिमको चपेटामा पर्ने गरेकाले फुसको घर बिस्थापित गर्नु नै आगलागिबाट बच्ने उपाया भएको औंल्याएका ढकालले घर र गोठ छुट्टयाउने सर्बेक्षण पश्चात नरैनापुरलाई जस्ता पाता युक्त गाउ बनाउन लाग्ने आफनो योजना रहेको बताए ।

उक्त अवसरमा नेकपा एमाले लुम्विनी प्रदेश सदस्य राम कुमार दिक्षितले पिडितहरुलाई तत्काल राहत होस भन्ने हेतुले दैनिक खरखाँचो टार्ने गरि खाद्यान्न लत्ता कपडा बितरण गरिएको बताए । नेकपा एमालेका जिल्ला कमिटी सदस्य सोहनलाल यादवले सञ्चालन गरेको राहत वितरण कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य प्रेम भुसाल, पुजन विशवकर्मा, नेकपा एमाले जिल्ला सदस्य चन्द्रकला न्यौपाने कृष्ण भुसाल, बिश्व खनाल, युवा संघका केन्द्रिय सचिव खेम शर्मा, केन्द्रिय सदस्य मनोज बि.क., जिल्ला सचिव रमेश मिजार कोषाध्यक्ष मुना कठायत, युवासंघ नेपालगन्ज उपमाहानगर अध्यक्ष बिरु थापा मगर, नवकिरण शाह, बिद्यार्थी नेताहरु सुर्य रोकाय, सुमन घिमिरे, माधव शर्मा, युवा संघका जिल्ला स्थित नेताहरु, विकास संवाद समृद्धिको बाटो नामक संस्थाका पदाधिकारी लगाएतको उपस्तिथी रहेको थियो ।

संघिय सांसद सुर्य ढकालको सहयोगमा राहत वितरण कार्यक्रमको संयोजन विकास संवाद समृद्धिको बाटो नामक संस्थाले गरेको संस्थाका अध्यक्ष माया गौतमले कोहलपुर टाईम्सलाई बताईन ।









