१० मंसिर २०८१, सोमबार
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे नागरिकता विधेयक

  • टाइम्स संवाददाता

  • १७ जेष्ठ २०८०, बुधबार ११:१९

काठमाडौँ:राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार राष्ट्रपति पौडेलले बुधबार बिहान नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन्।  ‘नागरिकता विधेयकले वैधानिकता पायो’, स्रोतले  भन्यो, ‘राष्ट्रपतिज्यूले विधेयक प्रमाणीकरण गर्नुभयो।’

यसअघिका राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्‌बाट दुई-दुईपटक पारित गरेर पठाउँदा पनि प्रमाणीकरण नगरिदिँदा नागरिकता विधेयक शीतल निवासमा थन्केर बसेको थियो। वर्तमान सरकारले सो नागरिकता विधेयक प्रमाणीकरणका लागि यही जेठ १२ गते राष्ट्रपति पौडेललाई आग्रह गर्ने निर्णय गरेको थियो।

Nabintech