राप्ती सोनारी:बाँकेको राप्ती सोनारी गाउँपालिकाले आइतबार ५० लाख रुपैयाँको कृषि उपकरण वितरण गरेको छ । कृषकहरुलाई कृषि उत्पादन बढाउन सहयोग भन्ने उद्देश्यले पालिकाले ५० प्रतिशत अनुदानमा वडा नम्बर ३ मा ६० वटा उपकरण वितरण गरेको हो ।
पालिकाका अध्यक्ष तप्तबहादुर पौडेल राप्ती सोनारीले कृषिलाई प्राथमिकता राखेको हुनाले कृषकको मागअनुसारका कृषि उपकरणहरु अनुदानमा वितरण गरिएको बताए । ‘राप्ती सोनारीका अधिकांश जनता कृषिमा आवद्ध छन् र हामीले कृषिलाई प्राथमिकता दिँदै गर्दा पालिकामा व्यवसायी खेती गर्ने किसानको पनि वृद्धि भएकाले उनीहरुको आवश्यकतालाई मध्यनगर गर्दै अनुदानमा हामीले उपकरण दिन सफल भयौं,’ पौडेलले भने ।
थारु वडा नम्बर ३ का लागि वितरण गरिएको उपकरण धेरै नै लाभदायी हुने बताउँछन् । ‘वडा नम्बर ३ पालिकाको सबैभन्दा बढी कृषि उत्पादन हुने क्षेत्रमा पर्छ । यहाँ बेमौसमी मकै खेती पनि उल्लेखनिय रुपमा हुने गर्दछ । चाहे जुन शिर्षकमा भए पनि कृषि उपकरण वितरण गर्र्ने हामी सफल भयौं । यसले धान खेतीमात्र नभएर अन्य खेतीलाई पनि धेरै सहयोग पुग्न,’ वडा अध्यक्ष थारुले बताए ।