१२ मंसिर २०८१, बुधबार
महिला अधिकारकर्मिको भेला नेपालगन्जमा

  • सरला सुवेदी

  • २५ जेष्ठ २०८०, बिहीबार १४:२६

नेपालगन्ज: बाँकेमा महिला अधिकारकर्मिहरुको भेला सम्पन्न भएको छ। संकल्प शान्ती, न्याय र लोकतन्त्रका लागि समावेशी महिला संजालको आयोजनमा महिला अधिकारकर्मिसङ्ग बिचार कार्यशाला गोष्ठिको आयोजना गरिएको हो।

गोष्ठिमा नारीवाद अन्तरपिढी, अन्तरसम्बन्ध महिला नेतृत्व र लैङगिक मूल प्रवाहिकरणका बारेमा सहजकर्ता कैलाश राईले सहजीकरण गरेकि थिइन । उनले छलफलमा महिला अधिकारको अवस्था महिला अधिकार स्थापित गर्नका लागि गर्नुपरेका संघर्ष महिलाहरुको अधिकार स्थापित गराउदा उठेका सवाल र उपलब्धिका बारेमा बताएकी थिइन् ।

यस्तै कार्यक्रममा लैङ्गिकता ,मिडिया र सन्चारका बारेमा संकल्पका कार्यकारी सदस्य अमिका राजथलाले महिलाहरुलाई आफ्ना समस्या अनि मुद्दा मिडियासम्म कसरी पुर्याउने र महिलाका मुद्दाहरुलाई कसरी मिडिया स्थापित गराउने भन्ने बारेमा सहजीकरण गरेकी थिइन् ।

संकल्प शान्तिमा नौ वटा सस्थाको आवद्धता रहेको छ। आठ वटा जिल्लाको ५० जना भन्दा बढिको सहभागिता रहेको कार्यक्रममा सहभागी महिलाहरुले कार्यक्रममा महिला हक अधिकारलाई स्थापित गराउन आ आफ्नो ठाउँबाट लागिपर्ने समेत बताएका छन् ।

Nabintech