नेपालगञ्ज,बाँके: बाँके जिल्ला लगाएत छिमेकि जिल्लाहरुमा समेत अत्याधिक गर्मि बढेसंगै जिल्ला प्रशासन कार्यालय बाँकेले एक सार्वजनि अपिल जारी गर्दै तातो हावा तथा लू वाट बच्न जिल्ला बासिहरुसंग सतर्कता अपनाउन आग्रह गरेको छ ।
तातो हावा तथा लूबाट हुन सक्ने सम्भावित असर बारे जानकार िदिंदै जिल्ला प्रशासन कार्यालय बााकेले नागरिकहरुलाई बढि गर्मिको बेला घरभित्र वा चिसो स्थानमा रहन आग्रह गरेको छ भने बाहिरी वातावरणमा जाँदा घाम छल्ने हल्का लुगा लगाउन समेत आग्रह गरेको छ ।
घर बाहिर निक्लनै परे सुतीको कपडा लगाउने, टाउको छोप्ने, नियमित पानी तथा झोल पदार्थ, बिभिन्न सर्वतहरु सेवन गर्न समेत भनेको छ ।
तातो हावा तथा लूबाट थकाई लाग्ने, कमजोरी हुने, बढि तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर लाग्ने, बेहोस हुने, मांसपेशी दुख्ने र वान्ता हुने अबस्था सिर्जना हुन सक्ने भन्दै प्रशासनले जिल्लावासिलाई सार्वजनिक अपिल मार्फत सचेत गराएको छ ।
यस्ता लक्षणहरु देखिएमा नजिकको अस्पतालमा जानुपर्ने चिकित्सकहरुले बताएका छन ।
आपतकालिन कार्यसंचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार आज पौने तीन बजेको समयमा ४१.३ डिग्रि सेल्सेस तापक्रम मापन गरिएको जनाएका छन ।
उनका अनुसार ५ दिन सम्म पानीपर्ने कुनै लक्षण नदेखिएकाले तापक्रम नियन्त्रणमा आउन नसक्ने भएकाले सर्वसाधारणले उच्च सर्तकता अपनाउनुपर्ने बेला आएको समेत बताएका छन ।
नेपालगञ्ज क्षेत्रमा गर्मिबाट बालबालिकाहरुको स्वास्थ्यमा असर गरेकै कारण अस्पताल सम्म भर्ना भएको भन्ने समाचार आएतापनि कोहलपुर क्षेत्रमा भने गर्मिकै कारण बिरमाी भएर कुनैपनि ब्यक्ति अस्पताल भर्ना हुन नआएको कौशिल्या अस्पताल प्रा.लि.का निर्देशक राम प्रसाद न्यौपानेले कोहलपुर टाईमसलाई बताए ।
बिरामी भएको छैन भनेर आफनो स्वास्थ्यप्रति हेलच्याक्रयाई गर्न भने नहुने निर्देशक न्यौपानेले बताएका छन । अनुसार शितल फलफुल खरभुजा, काँक्रा सेवन गर्नुपर्ने, गरिष्ठ भोजनमा सके सम्म जोड नगर्ने र प्रशस्त मात्रामा पानी पिउन सके गर्मिले स्वास्थ्यमा नकारात्मक असर नगर्ने उनको भनाई रहेको छ ।