१७ कार्तिक २०८१, शनिबार
कोहलपुर खानेपानीमा चरम आर्थिक अपचलन, पुरुषलाई समेत सुत्केरी भत्ता

संस्थामा चरम आर्थिक बेथिती रहेको भन्दै आवाज उठेपछि छानविन समिती गठन भएको थियो उक्त समितीले सार्वजनिक गरेको प्रतिबेदनमा काले काले मिलेर खाउ भाले भने जस्तै संस्थामा ब्यापक अर्थिक अनियमितता भएको पाईएको हो


  • टाइम्स संवाददाता

  • २७ जेष्ठ २०८०, शनिबार १५:२४

कोहलपुर, बाँके: कोहलपुर नगरपालिका ११ मा रहेको कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको जेठ २ गते आयोजना गरिएको ८ औं साधारण सभामा आर्थिक प्रतिबेदन पारदर्शि नभएको भन्दै आवाज उठेपछि गठित छानविन समितीले तयार पारेको प्रतिबेदन सार्वजनिक गर्न आलटाल गरेका राजनैतिक दलहरुले बेटर बाँके र उपभोक्ताहरुको दवाफ पछि हिज शनिबार प्रतिबेदन सार्वजनिक गरिएको छ ।

मिलेमतोमै भ्रष्टाचार गर्न उद्यत तत्कालिन नर बहादुर मल्लको कार्यसमितीले खानेपानी संस्थामा चरम आर्थिक अपचलन गरेको प्रतिबेदनमा उल्लेग गरिएको छ । कुनै न कुनै बहानामा भत्ता खाएका कार्य समितीले आफनो जिवन बिमा समेत गराउन भ्याएको छ । बिना प्रयोजन ७ देखि ८ लाख सम्म पेश्कि लिने, बिधान संसोधन बैठक भत्ताका नाममा २ लाख ३४ हजार, दशैं पेश्कि भनेर ३ लाख, कर्मचारी पदपुर्ति समति भत्ता ३ लाख, कर्मचारी बढुवा समिती भत्ता १ लाख ११ हजार एक सय पचास, आन्तरीक कर्मचारी बढुवा उप समिती भत्ता ५२ हजार पाँच सय, ईन्धन सुबिधा ६ लाख ३८ हजार सात सय पचास रुपैया खर्च गरेको पाईएको छ ।

आफु घाटामा रहेको जनाउदै आएका पदाधिकारीहरुले अरुलाई भने १ लाख ४१ ह्जार सात सय पैंतिस चन्दा दिएका छन । आर्थिक उप समितीले ७८४०० भत्ता बुझि लिएको बिना प्रयोजन पेश्कि लिएर बिल भरपाई तथा खरिद कार्य नगरेको पेस्कि फछयौट हुनपर्ने २५ लाख ५३ हजार चार सय उनासि रुपैया रहेको प्रतिबेदनले औंल्याएको छ । २०८० बैशाख सम्म नास्ता शिर्षकमा ५ लाख १२ हजार तीन सय पैतालिस रहेको छ भने बिल बिनाको खर्च रु १७६६० रहेको पाईएको छ ।

संस्थाका सचिव प्रेम कटुवाल र अध्यक्ष नर बहादुर मल्ललाई दैनिक भ्रमण भत्ता भन्दै क्रमश रु ७३ हजार ५०० र ९० हजार भुक्तानि दिईएकोमा उक्त रकम दिन पर्ने कुनै आधार नभएकाले असुल उपर गर्नुपर्ने सुझाव समेत प्रतिबेदनमा समेटिएको छ ।

पुरुषलाई समेत सुत्केरी भत्ता दिएर दुनिया हसायको तत्कालिन समितीले अझै सुत्केरी भत्ता दिन बाँकी भनेर ९ लाख २७ हजार एक सय तीन छुट्टयाइएको पाईएको छ । रे इन्जिनियरीङ्ग भन्ने निजि संस्थाले आफनो ब्यापार ब्यबसाय बढाउन कोहलपुर खानेपानी कार्यालय सम्म आई पुग्न लागेको जहाज भाडा रु १२ हजार सात सय समेत संस्थाले भुक्तानि गरेको पाईएकाले सो रकम असुल उपर गर्नुपर्ने प्रतिबेदनले स्पष्ट पारेको छ ।

संस्थाबाट तत्कालिन संस्थाका सचिव प्रेम कटुवालले ३५ थान पायप मालगाडिमा लोड गरि दैलेख लिएको भन्ने बिषयमा समेत प्रतिबेदनले स्पष्ट पार्दै करीब ९९ हजार पााच सय २२ रुपैया बराबरको माल गाएब पारेको उल्लेख गरेको छ स्मरण रहोस यस बिषयमा कोहलपुर टाईम्सले समाचार बनाउदै गर्दा अध्यक्ष नर बहादुर मल्लले सापटि हो फिर्ता गरेर हिसाव मिलिसकेको बताएका थिए भने कोषाध्यक्ष एक नारायण चापागाईले आफुलाई यस बिषमा केहि थाहा नभएको बताएका थिए । पुनश्च: बिमा गरेको महलमा तत्कालिन कार्यसमितीको नामावली रहेको छ ।

Nabintech