१२ मंसिर २०८१, बुधबार
काठमाडौंमा प्रहरीको गोली लागी लागुऔषध कारोबारी घाइते

गोली लागेर विकास भगवत घाइते


  • टाइम्स संवाददाता

  • २८ जेष्ठ २०८०, आईतवार १३:३१

काठमाडौं:स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै आज गोली चलेको छ। लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले सिनामंगलस्थित शम्भु मार्गमा लागुऔषधका कारोबारीविरुद्ध गोली चलाएको हो।

गोली लागेर विकास भगवत घाइते भएका छन्। उपचारका लागि उनलाई केएमसी अस्पताल भर्ना गरिएको छ। एसएसपी गोविन्द थपलियाले लागुऔषध किनबेच भइरहेको सूचना पाएर पुगेको ब्युरोको टोलीविरुद्ध गोली हानिएपछि प्रहरीले जवाफी फायरिङ गरेको  जानकारी दिए।

‘घाइते विकासको ठेगाना खुलिसकेकाे छैन’, उनले भने, ‘हामी उनको अभिभावकलाई सम्पर्क गर्ने प्रयास गरिरहेका छाैँ।’ उनको घुँडामुनि गोली हानिएको हो। उनका साथमा रहेका केही व्यक्ति भने भाग्न सफल भएको प्रहरीले जनाएको छ।  घटनाबारे अनुसन्धान भइरहेको छ।

Nabintech