काठमाण्डाै: बाह्र वर्षपछि आज नेपाल संस्कृत विश्वविद्यालयको पाँचाै दीक्षान्त समारोह हुँदैछ । समारोहमा प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने कार्यक्रम छ ।
यसअघि २०६८ सालमा विश्वविद्यालयको समारोह भएको थियो । हरेक वर्ष हुनुपर्ने दीक्षान्त समारोह त्यसपछि हुन सकेको थिएन । प्रधानमन्त्री तथा कुलपति प्रचण्डले अनुमति दिएपछि यसवर्ष आज दीक्षान्त समारोह हुन लागेको विश्वविद्यालयका शिक्षाध्यक्ष भीमप्रसाद खतिवडाले बताउनुभयो ।
विश्वविद्यालयको केन्द्रीय कार्यालय बेलझुण्डीमा समारोह हुनेछ । यसपटक २०७७ सालसम्म १० वटा शैक्षिक शत्रमा विश्वविद्यालयबाट विद्यावारिधी, आचार्य, शास्त्री, एक वर्षे शिक्षा शास्त्री र बीएएमएस उत्तीर्ण गरेका चार हजार सात सय ७३ विद्यार्थीलाई कुलपतिले मूल प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम छ ।