१० मंसिर २०८१, सोमबार
तुलसीपुरमा जिप दुर्घटना, चालकको मृत्यु, ९ घाइते

राना गाडीहरू र क्षमताभन्दा बढि यात्रु र सामानहरू बोक्दा दुर्घटना


  • टाइम्स संवाददाता

  • १ असार २०८०, शुक्रबार १४:५०

दाङ :  तुलसीपुरमा बलेरो जिप दुर्घटना हुँदा चालकको  मृत्यु भएको छ, भने ९ जना घाइते भएका छन्। शुक्रबार बिहान करिब साढे १० बजेतिर तुलसीपुरबाट रोल्पा जाँदै गरेको रा१ज ५५६ नम्बरको जिप राप्ती लोक मार्गअन्तर्गत तुलसीपुर ३ सिरखोलामा दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

मृत्यु हुनेमा जिप चालक रोल्पा गंगादेव गाउँपालिका १ का विष्णु पुन छन्,  दुर्घटनामा परी गम्भीर घाइते भएका उनको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।

भने अन्य घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। घाइतेमध्ये ४ जनालाई थप उपचारका लागि बाँके रिफर गरिएको प्रहरीले जनाएको छ।

जिपमा ५ जना पुरुष र ४ जना महिला सवार रहेकोमा २ जना बालबालिका रहेको समेत प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। घाइतेहरूका पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान रहे पनि यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

यस्तै, तुलसीपुर ३ गोटीखोलाका स्थानीय तुलाराम खत्रीका अनुसार उक्त स्थानमा केही समय अगाडि पनि जिप दुर्घटना भएको थियो। पुराना गाडीहरू र क्षमताभन्दा बढि यात्रु र सामानहरू बोक्दा दुर्घटना हुने गरेको उनले बताए।

उनले भने, ‘ दुर्घटना भएको ठाउँमा बाटो त्यति अप्ठेरो  जस्तो पनि लाग्दैन। केही समय अगाडि पनि यही ठाउँमा सल्यानको कपुरकोटबाट तुलसीपुर आउँदै गरेको एउटा जिप दुर्घटना भएको थियो। आज फेरि तुलसीपुरबाट रोल्पाको ओत जाँदै गरेको अर्को जिप दुर्घटना भएको छ।’

यस्तै, उनले गाडीवालाहरुले  पैसाको लागि गाडीको सिट क्षमता भन्दा बढी यात्रु राख्ने र सामान पनि त्यतिकै राख्ने गरेको हुँदा सम्बन्धित निकायले ध्यान दिनुपर्नेसमेत बताए।

उनले कसैको साना  गल्तीका कारण यात्रुहरूले  अकाल मै ज्यान गुमाउने भएकाले  ट्राफिक प्रहरी र  गाडी समितिले  यसमा विशेष ध्यान दिनुपर्नेसमेत बताए।

Nabintech