१० मंसिर २०८१, सोमबार
तक्षशिलामा भेजिटेबल क्याम्प, बालबालिकालाई ब्यबहारीक शिक्षा

भेजिटेवल क्याम्पमा तरकारी र फलफूलका अलावा मानिसले दैनिक जीवनमा भान्सामा प्रयोग गर्ने मसलाजन्य बस्तुहरुको पनि प्रत्यक्ष देखाएर शिक्षा प्रदान


  • टाइम्स संवाददाता

  • १ असार २०८०, शुक्रबार १६:०७

कोहलपुर,बाँके:बाँकेको कोहलपुरमा रहेको तक्षशिला एकेडमीले बिद्यालयमा अध्यनरत बालबालिकाहरुलाई दैनिक जीवनमा प्रयोग हुने तरकारी तथा फलफुल जन्य बस्तुहरुका बारेमा ब्यबहारीक रुपमा ज्ञान प्रदान दिने दृष्टिले १ दिने भेजिटेवल क्याम्प सम्पन्न गरेको छ ।

बिभिन्न प्रकारका तरकारी तथा फलफूलहरु राखिएको प्रर्दशनीमा मौसमी तथा बेमौसमी तरकारी र फलफुलकाबारे जानकारी दिईनुका साथै प्रजातीहरुका अंग्रेजी तथा बैज्ञानिक नाम समेत प्रत्यक्ष रुपमा बालबालिकाहरुलाई सिकाईएको बिद्यालयका प्रिन्सिपल मुकुन्द्र बिक्रम शाहले कोहलपुर टाईम्सलाई बताए ।

कक्षा नर्सरी देखि कक्षा दश सम्मका छात्र छात्राहरुलाई पालैपालो अनुशासित तरीकाले तरकारी तथा फलफुलका गुण, बिशेषता, एक दलिय वा दुई दलिय कोशे बालिकाबारे पनि सिकाई आदान प्रदान गरिएको उक्त क्याम्पमा तरकारी र फलफूलबाट प्राप्त हुने भिटामिन, फ्याट एबं क्यालोरीका बारेमा पनि प्रष्ट पारीएको थियो ।

बालबालिकाहरुले तरकारीका बारेमा उत्सुकतापुर्वक चासो र उत्सुकता प्रकट गरेका थिए भने प्रर्दशनमा राखिएका तरकारी र फलफूलहरुका बारेमा आफुलाई लागेका प्रश्न समेत राखेको बिद्यालयका एकेडेमिक संयोजक पुर्षोत्तम शर्माले कोहलपुर टाईम्सलाई जानकारी दिए ।

गर्मिको मौसम खरभुजा कहाँ र कस्तो हावापानीमा फल्छ भन्ने प्रश्नमा अलमलमा परेका बिद्याथीहरु शिक्षकले बलौटे माटो तथा नदि खोलाका बगरहरुमा फल्ने जवाफ दिंदा आश्चर्यमा परेका थिए । त्यसैगरि फर्सिका बियाँलाई सुकाएर भुटेर पिसेर अचार खान सकिने, कटहर २ प्रकारका हुने, भुई कटहर र रुख कटहरका बिशेषताबारे समेत बताईएको उक्त भेजिटेवल क्याम्पमा भुई कटहरलाई फलफुलको रुपमा मात्र खान सकिने र रुख कटहरलाई तरकारी एबं पाकेमा फलफुलका रुपमा समेत खाईने गरेको र अत्यन्त प्रोटिन हुने भएकाले खाने मात्रामा समेत सचेत गराईएको थियो ।

भेजिटेवल क्याम्पमा तरकारी र फलफूलका अलावा मानिसले दैनिक जीवनमा भान्सामा प्रयोग गर्ने मसलाजन्य बस्तुहरुको पनि प्रत्यक्ष देखाएर शिक्षा प्रदान गरिएको थियो ।

Nabintech