१३ मंसिर २०८१, बिहीबार
लुम्बिनी सरकारद्वारा बजेट प्रस्तुत, ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट

गत आवको भन्दा २ अर्ब १५ करोड कम बजेट


  • टाइम्स संवाददाता

  • १ असार २०८०, शुक्रबार १९:०१

दाङ :  लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि करिब ४० अर्ब बजेट विनियोजन गरेको छ। प्रदेशका आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले ४० अर्ब ४७ करोड ८९ लाख ९७ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए। जसमा चालूतर्फ १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार र पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजार बजेट रहेको छ।

त्यसैगरी वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ५८ करोड ९७ लाख बजेट रहेको छ। जुन चालू तर्फ ३३.६८ प्रतिशत, पुँजीगततर्फ ५७.४५ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ ८.८७ प्रतिशत छ। आगामी वर्ष आन्तरिक राजस्वबाट ६ अर्ब ७३ करोड ५१ लाख, सङ्घबाट प्राप्त हुने राजस्व बाँडफाँडबाट ११ अर्ब ३१ करोड ७४ लाख, सङ्घबाट प्राप्त हुने रोयल्टी २९ करोड, स्थानीय तहबाट बाँडफाँड भई प्राप्त हुने राजस्व २ अर्ब ५० करोड ३० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

त्यस्तै संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब १४ करोड ८३ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८३ करोड ५९ लाख, समपूरक अनुदानबाट ८४ करोड, विशेष अनुदानबाट ५६ करोड, चालू आर्थिक वर्षको नगद मौज्दातबाट ३ अर्ब र आन्तरिक ऋणबाट १ अर्ब २५ करोड परिचालन हुने अनुमान छ।

चालू वर्ष २०७९। ०८० मा ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट आएको थियो। यो पटक गत आवको भन्दा २ अर्ब १५ करोड कम बजेट आएको छ।

Nabintech