कोहलपुर,बाँके: बाँकेको कोहलपुर ११ मा रहेको कृषि बजारमा दैनिक उपभोग गर्ने तरकारी तथा फलफुलहरुको थोक बिक्रि बिबरण अनुसार सबैभन्दा बढि कागतिको औषत मुल्य रु १२५ तोकिएको छ भने सबै भन्दा कम बन्दाको औषत मुल्य १७ कायम गरिएको छ ।
कृषि बजार ब्यबस्थापन समितीले जारी गरेको सुचना बमोजिम स्याउ डल्लो रु २२७ फुजि स्याउ रु ३१५, आँप रु ६०, केरा प्रति दर्जन रु ८७, आरुब बखडा रु ५३, आलु पुरानो रु ३७, आलु नयाँ नेपाली रु ३९, प्याज ५१,लसुन रु २००, अदुवा २५०,काउली रु ७५ रुपैया प्रतिकिलो तोकिएको छ।
यसैगरि करेलाको औषत मुल्य ५५, फर्सि ४७, रुपैया औषत मुल्य तोकिएको छ । संघ अन्तरगत रहेको यस थोक बजारले प्रकाशित गरेको आजको थोक मुल्य सुचि हेर्नुहोस ।