१० मंसिर २०८१, सोमबार
कोहलपुरमा नगर प्रहरी नरैनापुरमा नेपाल प्रहरी परिचालन गरि बिद्यालय खुलाईयो

आज बिहान नरैनापुर क्षेत्रमा प्रहरी परिचालन गरेर विद्यालय सञ्चालनमा


  • टाइम्स संवाददाता

  • ३ असार २०८०, आईतवार १४:५०

कोहलपुर,बाँके:नेपाल विद्यालय कर्मचारी परिषद आन्दोलनका क्रममा आइतबार देखि देशभरिको सामुदायिक विद्यालय अनिश्चित कालिन बन्द घोषणा गरेकोमा उक्त बन्द भने सरकारले बार्तामा बोलाएपछि फिर्ता गरिएको छ ।

घोषित कार्यक्रम अन्तरगत बाँके नरैनापुरमा तलब नपाएका अनुदान शिक्षकको आन्दोलन जारी रहेकै बेला परिषदले समेत विद्यालय बन्द गर्ने घोेषणा गरेपछि आज बिहान नरैनापुर क्षेत्रमा प्रहरी परिचालन गरेर विद्यालय सञ्चालन गरिएको छ ।

लामो समयदेखि संघीय शिक्षा कानून लागु गर्न माँग गर्दै आन्दोलनमा रहेको परिषदले आजदेखि अनिश्चित कालिन विद्यालय बन्द गर्ने घोषणा गरेको थियो । विद्यालयमा अवरोध रोक्न नरैनापुर क्षेत्र भरि प्रहरी परिचालन गरिएको ईलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ ।

यसैगरि नगरपालिकाका आन्दोलनरत सामुदायिक विद्यालयका कर्मचारीले लगाएको ताला फोड्न नगर प्रहरी परिचालन गरिएको नगर प्रमुख पुर्ण प्रसाद आचार्यले बताए ।

नगर प्रहरी प्रमुख वीरबहादुर थापाको नेतृत्वमा कौशिलानगरदेखि विद्यालयमा लगाइएका तालाहरू फोड्न नगर प्रहरी परिचालन गरिएको मा बिभिन्न बिद्यालयमा लगाईएको ताला नगर प्रहरीले फोडेको थियो। नगर प्रमुखले विद्यालय बन्द गराउने शिक्षक कर्मचारीलाई कानुन अनुसार कारबाहीको चेतावनी समेत दिएको भएपनि ताला लगाउने क्रम नरोकिएपछि विद्यालय सञ्चालनमा ल्याउन बिहानैदेखि नगर प्रहरी परिचालन गरिएको थियो ।

ताला तोडिएपछि विद्यालयका शिक्षक कर्मचारीहरूले त्रिभुवन नमुना माध्यमिक विद्यालयमा धर्ना समेत दिएका थिए । शनिबार नै नगर प्रमुख आचार्यले विद्यालय बन्दविरुद्ध कडा रूपमा प्रस्तुत हुने बताएका थिए ।

Nabintech