कोहलपुर,बाँके:आर्थिक वर्ष २०८०/०८१ मा बाँके क्षेत्र नं. १ का एक सय ३० योजनामा बजेट विनियोजन भएको छ ।
निर्वाचन क्षेत्रका एक सय ५५ योजनाहरु विभिन्न मन्त्रालयमा पेश गरकोमा एक सय ३० योजनामा बजेट विनियोजन भएको बाँके निर्वाचन क्षेत्र नं.१ का संघीय सांसद सूर्य ढकालले जानकारी दिनुभयो ।
‘एमालेले जितेका क्षेत्रहरुमा बजेट सकभर नराख्ने बर्तमान सरकारको नीति हँुदा हँुदै पनि प्रदेश सांसद, निर्वाचन क्षेत्रका तीनवटै स्थानीय तहका प्रमुखहरु, तीस वटै वडाध्यक्षहरुको साथ सहयोग र समन्वयमा यो बजेट विनियोजन भएको छ’, सांसद ढकालले भन्नुभयो,‘कोहलपुर–चप्परगौडी खड्कवार हँुदै सल्यान जोड्ने अन्तर प्रदेशिय सडकको लागि ठुलो चुनौति थियो।यसमा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको साथले उत्साह दिएको छ ।
प्रदेश सांसद कृष्णा केसी नमुना, बसन्ती अधिकारी, सन्जुकुमारी चौधरी, संघीय सांसद दिपा शर्मा, धवलशम्शेर राणा, लक्ष्मी तिवारी,प्रत्येक मन्त्रालयका सचिव र मातहतका सम्बन्धित कर्मचारीको सहयोगमा बाँके निर्वाचन क्षेत्र नं. १ मा यी योजनामा बजेट बिनियोजन भएको जानकारी दिदै सांसद ढकालले अव सबैको सहयोग र साथमा योजना कार्यान्वयन गरी बाँके क्षेत्र नं. १ को मुहार परिवर्तन गर्न आफु लागि परेको उल्लेख गर्नुभयो ।
कहाँ कति बजेट विनियोजन भयो ?
१ कोहलपुर–सुर्खेत सडकको लागि रु.१० करोड
२ कोहलपुर ३ र वैजनाथ ३ जोडने सडक ५० लाख
३ राप्तीसोनारी वडा न १ राप्तीनदि वैरिया पुल ४ करोड
४ नरैनापुर मटैया हुदै वेतहनी जोडने राप्तीनदीमा पुल ५० लाख
५ कोहलपुर १५ चन्नहवा बैजनाथ पेडारीनाला पुल ५० लाख
६ रोहिणी खोला भरैया वडा १३ जोडने पुल ५० लाख
७ कोहलपुर सल्यान जमुखोला पुल ५० लाख
८ बैजापुर मोरङ्गा पक्की पुल ५० लाख
९ किरणनाला वागेश्वरी जोडने पुल ५० लाख
१० कोहलपुर मानखोला सडक खण्ड निर्माण १५ करोड
११ माथेवास धामपुर जोडने राप्तीनदिमा पुल २० लाख
१२ राप्ती वगौडा नेपालगन्ज सिधनियाघाट पक्कीपुल ५० लाख
१३ सुरक्षित नागरिक आवस कार्यक्रम कोहलपुर ५० लाख
१४ भल्दोदघुयाई खोला बगौडा नेपालगन्ज ६ करोड
१५ सैयापुर खोला वगौडा नेपालगन्ज २०लाख
१६ खैरीखोला कोहलपुर सडक खण्ड ७ करोड
१७ राप्ती सुन्दरनगर पश्चिमतर्फको बाटो ८० लाख
१८ कोहलपुर विद्यानगर,बागेश्वरी स्कुल डायनामिक सडक कालोपत्र ५ करोड
१९ कोहलपुर रिङ्गरोड १० करोड
२० कोहलपुर चपरगौडि खर्कवार सल्यान जोडने बाटो ८ करोड
२१ कोहलपर चिसापानी सडक खण्ड ७ करोड
२२ नरैनापुर कुम्वर अगैया जोडने सडक १ करोड
२३ झन्डुवा खजुरा जोडने सडक कालोपत्रे ७ करोड
२४ कोहलपुर ५ मा पर्यटनवोर्ड पश्चिमबाट प्रगतिटोल हँुदै आधारभुत स्वाथ्यचौकी जोड्ने सडक ५० लाख
२५ ढकेरी वुच्चापुर पश्चिम पूरुवा सल्यान स्तरउन्ती १ करोड
२६ भौवा नाका भवानियापुर कुुसुम सडक १ करोड
२७ वडा न १३ दक्षिण सिम्री बन्दा एकतानगर हुदै जाने बाटो १ करोड
२८ राप्तीसोनारी सोनपुरसर्रा पहाडीपुरगेदवा सोनवर्षाहुदै मटैया सडक ५० लाख
२९ अगैया कचनापुर कम्दी ३० लाख
३० कोहलपुर स्वास्थमा ६ करोड
३१ राप्तीसोनारी स्वास्थमा ४ करोड
३२ नरैनापुर स्वास्थ्यमा ४ करोड
३३ तारवार कुसुम देखि चिसापानी २ करोड ८८ लाख
३४ कोहलपुर वृक्षरोपण ३७ लाख
३५ एकिकृत भूपरिधि व्यवस्थापन ५ करोड
३६ नरैनापुर वडा ४ खेलकुद मैदान १० लाख
३७ राप्तीसोनारी ५ खेलकुद मैदान १० लाख
३८ कोहलपुर क्रिकेट मैदान २ करोड
३९ युवा मैत्रि स्थानिय तह कोहलपुर ६लाख
४० राप्तीसोनारी वडा ६खेलकुद १० लाख
४१ कोहलपुर कृषिको लागि ६ करोड
४२ राप्तीसोनारी कृषिको लागि ४ करोड
४३ नरैनापुर कृषिको लागि ६ करोड
४४ कोहलपुर साना शहरी खानेपानी गुणस्तर सुधार आयोजना रु १० लाख
४५ सार्वजनिक शौचालय निर्माण ११ कोहलपुर ३ करोड
४६ राप्तीसोनारी वृहत खानेपानी आयोजना ९० लाख
४७ कोहलपुर खानेपानी आयोजना ९ र ११ ९५ लाख
४८ नरैनापुर बृहत खानेपानी आयोजना ८० लाख
४९ कोहलपुर लोकनगर खानेपानी आयोजना ८० लाख
५० जलजला खानेपानी आयोजना ९० लाख
५१ शम्शेरगज खानेपानी आयोजना १४ र १५ ९३ लाख
५२ बर्दापुर खानेपानी आयोजना कुशुम २ करोड४० लाख
५३ भुरभवानी खानेपानी आयोजना १ करोड ८० लाख
५४ राप्ती गौशाला खानेपानी आयोयोजना कचनापुर ९० लाख
५५ गाभार खानेपानी योजना कुशुम आयोजना १ करोड ४० लाख
५६ कालाफाटा खानेपानी नरैनापुर आयोजना १० लाख
५७ अगैया खानेपानी कचनापुर आयोजन ३ करोड
५८ कटकुइया खानेपानी आयोजना १लाख
५९ लक्ष्मणपुर खानेपानी आयोजना १लाख
६० फतेपुर खानेपानी आयोजना १ करोड ५० लाख
६१ वैजापुर खानेपानी आयोजना १ लाख
६२ कुमाल खानेपानी आयोजना कुसुम २ करोड ५० लाख
६३ नरैनापुर खानेपानी आयोजना ४० लाख
६४ गंगापुर खानेपानी आयोजना १ लाख
६५ मटैया खानेपानी आयोजना १ लाख
६६ कुुसुमलिफ्ट खानेपानी आयेजना १ करोड ८० लाख
६७ विनौना खानेपानी आयोजना २ करोड ५०लाख
६८ रझेना खानेपानी आयोजना १ करोड
६९ महादेवपुरी आनेपानी आयोजना १ करोड ५० लाख
७० विराट खानेपानी आयोजना २ करोड
७१ सडक,शिक्षा,कृषि,स्वाथ्य,रोजगार,पर्यटन सिचाई आदि कोहलपुर ५३.४३ करोड
७२ सडक,शिक्षा,कृषि,स्वाथ्य,रोजगार,पर्यटन सिचाई आदि राप्तीसोनारी ५२.५० करोड
७३ सडक,शिक्षा,कृषिस्वाथ्य,रोजगार,पर्यटन सिचाई आदि नरैनापुर ३३.०६ करोड
७४ कचनापुर पक्की सडकको लागि ७० लाख
७५ डुडुवा र रोहिणी तटवन्धन ५० लाख
७६ नेराप्रावि कटकुइया,वाल र गेट ६० लाख
७७ सिकलसेल एनिमिया ल्याव संचालन् कोहलपुर ७० लाख
७८ आदर्श मावि लक्ष्मणपुर भवन वाल,गेट निर्माण १ करोड १५ लाख
७९ अति विपन्नलाई आवस कार्यक्रम राप्तीसोनारी १ करोड १५ लाख
८० खुल्ला सांस्कृतिक सङ्ग्रहालय विनौना ०
८१ कोहलपुर शिक्षामा २४ करोड
८२ राप्तीसोनारी शिक्षामा २८ करोड
८३ नरैनापुर शिक्षामा १३ करोड
८४ खानेपानी,सरसफाई,कृषि पशुसेवा,महिला तथा वालवालिका सम्बन्धी कार्यक्रम १५ लाख
८५ खानेपानी,सरसफाई,कृषि पशुसेवा,महिला तथा वालवालिका सम्बन्धी कार्यक्रम १५ लाख
८६ खानेपानी,सरसफाई,कृषि पशुसेवा,महिला तथा वालवालिका सम्बन्धी कार्यक्रम १५ लाख
८७ विद्युत विस्तार कोहलपुर ८ लाख
८८ विद्युत विस्तार राप्तीसोनारी ८ लाख
८९ विद्युत विस्तार नरैनापुर ८ लाख
९० राप्तीनदिको तटबन्धन ३ करोड
९१ भुमिगत जल सिचाई योजना ७१ लाख
९२ नदी नियन्त्रण २ करोड
९३ किरणनाला तटबन्धन तथा सरसाफाई २ कोहलपुर ४५ लाख
९४ फकरिया टोल जेठिनाला वडा ३ कोहलपुर २० लाख
९५ राप्तीसोनारी झिझिरिया खोला तटबन्धन ४० लाख
९६ कोहलपुर सुन्दर वस्ती खोलामा तटवन्धन २५ लाख
९७ रोहिणी खोलामा तटवन्धन ३० लाख
९८ राप्तीसोनारी ८ तटवन्धन ३० लाख
९९ अगौया खोला पुल नजिक तटबन्धन ३० लाख
१०० राप्ती नदि प्रणाली२ करोड ८८ लाख
१०१ हरियाली पार्क निर्माण कोहलपुर ८ १५ लाख
१०२ कचनापुर खोला तटबन्धन १० लाख
१०३ रोजगारी प्रवद्र्धन कार्यक्रम कोहलपुर ३० लाख
१०४ युवाजोगार कोहलपुर ३७ लाख
१०५ नरैनापुर गाउँपालिका युवा रोजगार ३७ लाख
१०६ राप्तीसोनारी गाउँपालिका युवा रोजगार ३७ लाख
१०७ प्रधानमन्त्री रोजगार कार्यक्रम कोहलपुर २९ लाख
१०८ नरैनापुर गाउँपालिका प्रधानमन्त्री रोजगार कार्यक्रम २३ लाख
१०९ प्रधानमन्त्री रोजगार कार्यक्रम राप्तीसोनारी २९ लाख
११० सुरक्षितनागकि आवस कार्यक्रम राप्तीसोनारी ५१ लाख
११२ सुरक्षित नागरिक आवास कार्यक्रम नरैनापुर ५० लाख
११३ कोहलपुर वडा न ५ र ६सिमाना आजाद चोक देखि आयाम नगर हुदै पिपलचौतारा सम्म सडक तथा ढल निर्मांण १० लाख
११४ कृषि वजार देखि गोर्खास्कुल जोडने सडक कोहलपुर ७० लाख
११५ कोहलपुर एकिकृत शहरी पुर्वआधार विकास कार्यक्रम ५ करोड
११६ कोहलपुर नगरपालिका २ रत्नराजमार्ग देखि उतर शहिद समृति हुदै सिमा सडक सम्म ३५ लाख
११७ कोहलपुर नगरपाकिला हल्दारपुर चोक देखि बैजनातपुर वबैटोल जोडने सडक ५० लाख
११८ कोहलपुर नगरपालिका वडा २ कृषि हाट वजार देखि पुर्व बिराटेश्वर मन्दिरओमशान्ती पुर्व गेट हूदै सालको बुटा रत्नराजमार्ग सम्म कालो पत्रे २० लाख
११९ कोहलपुर वडा ६ र ११ को सिमाना देखि बालविधा सम्म र शिखर जडिबुटि देखि पुर्व जाने सडक ५० लाख
१२० कोहलपुर नगरपालिका वडा नम्वर २कृष्ण मावि हुदै माथिल्लो कृष्णनगर महेश आचाईको घर देखि बर्दहवा जोडने बाटो कालो पत्रे पक्की नाला ५० लाख
१२१ नरैनापुर वडा २ लक्ष्मणपुर गाउ हुलाकीरोडदेखि रोसनपुवा सम्म सडक निर्माण २० लाख
१२२ राप्तीनदि सिधुनुवा घाट मा शौचालय तथा खानेपानी घाट निर्माण ४० लाख
१२३ राप्तीसोनारी गाउपालिका जन जागृति मा वि देखि सन्तोष चौधरीको हुदै सरास्वित मा वि सम्मको बाटो कालो पत्र २५ लाख
१२४ नेपालगज कोहलपुर सुर्खत करिडोर ६० लाख
१२५ कोहलपुर नगरपालिका वडा न १२ को रामजानकि मन्दीर वडा न ११ को क्रिकेट मैदान जोडने जोलुडगे पुल ५ लाख
१२६ कोहलपुर १२ र कोहलपुर १३ सिमरी जोडने झोलुडगे पुल ५१ लाख
१२७ कोहलपुर वाड ७जमुनी र कोहपुर वाड ७ लखना डुडुवामा झोलुडगे पुल रर पेडारी नाला शान्ती टोल ईग्रीहवा ५५ लाख
१२८ मुगुवा खोला राप्तीसोनारी २ १ करोड
१२९ कोहलपुर ११ महेन्द्रराजमार्ग शिव र्फनिचर देखि भोला टोल हुदै रत्नराजमार्ग जोडने सडक ३० लाख
१३० नरैनापुर गाउपलिका वडा न १हुलाकी सडकगंगापुर देखि वनिया गाउ महाथानिया सम्म सडक ३० लाख
१३१ क्षेत्र विकास कोष ५ करोड
योजना परेकामा स्थानीयवासी हर्षित
बाँके क्षेत्र नं. १ मा एक सय ३१ योजनामा बजेट विनियोजन भएपछि स्थानीय अगुवाहरु उत्साहित भएका छन् । उनीहरुले आफ्नो गाउँठाउँमा जनताले चाहेको विकास निर्माण सम्भव हुने प्रतिक्रिया दिएका छन् ।
नरैनापुर गाउँपालिका वडा नं. ३ का अगुवा ताज खानले चुनावमा प्रतिवद्धता अनुसार बजेट परेको खुशी लागेको बताउनुभयो । उहाँले मटैया देखि वेतहनी जोड्ने राप्ती नदिमा पुल, नरैनापुरदेखि अगैया जोडने सडक, खरका छाना हटाएर टिनका छाना रुपान्तरणको लागि रकम र केही भित्र सडकहरु निर्माणमा समेत बजेट विनियोजन भएकोमा नरैनापुरवासी उत्साहित भएको बताउनुभयो ।
राप्ती सोनारी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष यामबहादुर खडकाले बाँकेको विकट क्षेत्रमा रहेको खासकुस्मामा वैरियमा राप्तीनदिमा पक्की पुल ,झोलुङ्गे पुल तारवार, तटवन्धन र खानेपानीको लागि बजेट विनियोजन भएकोले विकासको आशा जागेको बताउनुभयो ।
कोहलपुर– ११ की स्थानीय अगुवा गोमा खनालले कोहलपुर चप्परगौडी खड्कवार हँुदै सल्यान जोड्ने सडक, भरैयाको रोहिणी खोलामा पुल, सिमरी हँुदै कोहलपुर ११ जाने बाटो पिचमा बजेट विनियोजन हुनु खुशीको कुरा भएको बताउनुभयो ।
कोहलपुर नगरपालिका ५ की अगुवा माया गौतमले यसपटक बाँके क्षेत्र नं. १ मा आवश्यकताका आधारमा समानुपातिक तवरले सबैतिर समेट्ने गरी बजेट विनियोजन भएकोले अव सहि ढंगले कार्यान्वयन गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।