१० मंसिर २०८१, सोमबार
नल्का सुके, खानेपानी आउदैन सास्तिमा बाँकेबासि

कोहलपुर क्षेत्रमा जथाभावि समरसेल गाडेपछि सतहको पानी सुक्दै गएपछि नल्कामा पानी नआएको जनगुनासो


  • सरला सुवेदी

  • ७ असार २०८०, बिहीबार १३:३४

कोहलपुर ,बाँके:  बाँकेको कोहलपुर लगाएत जिल्ला भरि नै सर्वसाधारण जनताले प्रयोग गर्ने खानेपानीका नल्का सुक्दै गए संगै पानीको जोहो गर्न समेत आम नागरिकलाई कठिन भएको छ ।

कोहलपुर नगरका बिभिन्न भागमा बितरण गरिएको खानेपानीका धारामा समेत पानी नआएपछि जनताहरु प्रताडित हुदै आएका छन । अलि हुने खानेले समरसेल गाडेर पानीको जोहो गर्दै आएका छन । जथाभावि समरसेल गाडेकै कारण हाते नल्काहरु सुक्दै गएको नल्का गाडेर जिविकोपार्जन गर्दै आएका पानी मिस्त्रिहरु बताउछन ।कोहलपुर क्षेत्रमा जथाभावि समरसेल गाडेपछि सतहको पानी सुक्दै गएपछि नल्कामा पानी नआएको जनगुनासो रहेको छ ।

केही महिनादेखिको खडेरी र गर्मीले तराईको जनजीवन निकै कष्टकर बन्दै गएको छ। अझ पानीको स्रोत सुक्दै गएपछि बाँकेको कोहलपुर र नेपालगन्ज क्षेत्रका अधिकांश घरहरूमा हाते नलबाट पानी आउन छोडेको छ। खानेपानीको पहुँच नपुगेको क्षेत्रमा हाते नलको पानी सुकेपछि यश क्षेत्रका मानिसकी दैनिकी कष्टकर बन्दै गएको छ। नेपालगन्ज उपमहानगरपालिका मा ४ महिनादेखि हाते नलमा पानी सुकेको स्थानीय लक्ष्मी के सीले बताउनुभयो । ४ महिनादेखि हाते नलबाट पानी आउनै छाडेपछि पिउन र कपडा सफाइ गर्न लगायत अन्य घरायसी कामको लागि निकै समस्या भएको छ।

पानीको समस्या समाधानको लागि कसैले पनि चासो नदिएकोमा स्थानीय चिन्तित छन् । दैनिक आवश्यक पर्ने पानीको व्यवस्थापनमा स्थानीय तह र सरोकारवाला निकायले समेत ध्यान नदिँदा यहाँका बासिन्दा समस्यामा परेको स्थानीय सायरा बानोले बताउनुभयो । हाते नलमासमेत पानी नआएको भन्दै समस्या लिएर नेपालगन्ज उपमहानगरपालिकामा गुनासो लिएर जाँदा पनि गुनासोको सुनुवाइ नभएको स्थानीयको दुखेसो छ।

चर्को गर्मीकै कारण बाँकेको कोहलपुर नेपालगन्ज , खजुरा, बैजनाथ, नरैनापुर, राप्ति सोनारी लगायतका पालिकाहरूमा समेत हाते नलको पानी सुक्दै गएको त्यस क्षेत्रका स्थानीयले जनाएका छन् ।

बर्सेनी हाते नलमा पानी सुक्दै जाने समस्या बढ्दै गएपछि उपमहानगरपालिकाले दीर्घकालीन रुपमा समस्या समाधानको पहल गर्न जरुरी रहेको स्थानीयहरु बताउँछन् ।

Nabintech