२० बैशाख २०८२, शनिबार
गोरखामा जन्ती बोकेको जीप दुर्घटना, ५ जनाको मृत्यु (अपडेट)

मृत्यु हुनेमा शहीद लखन गाउँपालिका– ५ पोखरे डाँडाका १९ वर्षीय प्रविन थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षका निरज थापा, १९ वर्षीया नविना थापा सोही गाउँपालिका–४ का ६४ वर्षीय धनबहादुर थापा


  • टाइम्स संवाददाता

  • ८ असार २०८०, शुक्रबार ०६:५५

गोरखा :  जन्ती बोकेको बोलेरो जीप हुँदा गोरखामा गए राति ५ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्। शहिद लखन गाउँपालिका-३ सिलिङ कोटगाउँबाट शहिद लखन गाउँपालिका-५ पोखरी डाडाँ जन्ती फर्कने क्रममा सिलिङ र डाँडाबारीको बिचमा अमलडाँडा भन्ने ठाउँमा जीप  दुर्घटना भएको  गोरखा प्रहरीले जनाएको छ।

गोरखा प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार अहिलेसम्म ५ जनाको शव भेटिएको र खोजी जारी रहेको जानकारी दिए। मृत्यु हुनेमा ४ पुरुष र एक महिला रहेको उनको भनाइ छ। अन्यको खोजी जारी रहेको छ। घटनास्थल मनकामना नजिकै पर्दछ ।

उनका अनुसार भीरमा अन्य पनि हताहति भएको हुनसक्ने भन्दै प्रहरीले खोजी गरिरहेको छ। २ जनाको सकुशल उद्दार गरिएको छ भने १२ जना घाइतेलाई उपचारको लागि तनहुँको खैरेनीमा पठाइएको छ।

पानी पनि परिरहेको हुनाले उद्दार कार्य कठिन भएको प्रहरीले जनाएको छ। अहिले जिल्लाबाट नेपाल प्रहरी, शसस्त्र पहरी र नेपाली सेनाको थप उद्दार टोली घटनास्थलतर्फ गएको छ।

अपडेट

गोरखामा जन्ती बोकेको जीप दुर्घटनामा मृत्यु भएका ५ जनाको सनाखत भएकाे छ। दुर्घनामा १२ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनालाई थप उपचारका लागि चितवनको भरतपुर मेडिकल कलेज पठाइएको छ। दुई जनाको सकुशल उद्धार गरिएको छ।

शहीद लखन–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङबाट फर्किँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७  नम्बरको जिप शुक्रबार बिहान २ बजे दुर्घटनामा परेको  गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।

१९  जना सवार जीपमा गम्भीर घाइते भएका ४ जनालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज  चितवन पठाइएको र अन्य ८ जनाको तनहुँको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको लामिछानेले बताए।

मृत्यु हुनेमा शहीद लखन गाउँपालिका– ५ पोखरे डाँडाका १९ वर्षीय प्रविन थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षका निरज थापा, १९ वर्षीया नविना थापा सोही गाउँपालिका–४ का ६४ वर्षीय धनबहादुर थापा रहेका छन्।

दुलहा दुलहीसहित शहीदलखन–३ कोटगाउँबाट १९ जना जन्ती बोकेर जिप शहिदलखन ५ पोखरीडाँडा जाँदै गरेको थियो। बेहुलाबेहुलीसहित अर्को दुईवटा गाडी अगाडि गएको र तेस्रो गाडी दुर्घटनामा परेको नायब उपरीक्षक लामिछानेले बताए। घाइते सबैजना शहीद लखन-५ पोखरीडाँडाका हुन्।

Nabintech