१० मंसिर २०८१, सोमबार
ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकामा पहिरो : एकै परिवारका चारजनाको मृत्यु

रातिबाटै नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीय बासिन्दा शव निकाल्न र उद्धारमा


  • टाइम्स संवाददाता

  • ८ असार २०८०, शुक्रबार ०७:१०

काठमाडौं : ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नम्बर ८ जनजाति बस्ती (गुरुङ बस्तीमा) पहिरो जाँदा चार जनाको मृत्यु भएको छ। पहिरोले १५ वटा घर बगाएको छ।  बिहीबार राति ११ बजे पहिरो जाँदा एकै घरका चारजनाको मृत्यु भएको वडा नम्बर ८ का अध्यक्ष खड्गबहादुर बरालले जानकारी दिए।

स्थानीय ३८ वर्षीय रणबहादुर गुरुङ, श्रीमती २९ वर्षीया शिवमाया, छोरा १० वर्षीय छोरा दिनेश गुरुङ र डेढ वर्षकी कविताको मृत्यु भएको हो। तीनजनाको शव निकालिएको छ भने दिपेशको शव खोजी भइरहेको बरालले जानकारी दिए। रातिबाटै नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीय बासिन्दा शव निकाल्न र उद्धारमा खटिएको अध्यक्ष राउतले जानकारी दिए।

Nabintech