११ मंसिर २०८१, मंगलवार
मदिरा जस्तो झोल पिउदा दुईको मृत्यु, दुई बिरामी

प्रहरीले शंका लागी कमलाको दाहसंस्कार गर्न दिएन


  • टाइम्स संवाददाता

  • ९ असार २०८०, शनिबार ०८:४६

बर्दिया:डम्पिङ साइट नजिकै भेटिएको ग्यालेनमा रहेको मदिरा जस्तो झोल पिउदा  मधुवन नगरपालिका ८ टिसीएन फाँटाका दुई जना महिलाको मृत्यु छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अखाद्य तरल पदार्थ सेवन गर्दा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनारको मृत्यु भएको हो ।

साथै अखाद्य तरल पदार्थ सेवन गरेका दम्पतीको अवस्था गम्भीर रहेकोले उपचारका लागि शिक्षण अस्पताल नेपालगन्ज बाँके लगिएको प्रहरीले जनाएको छ ।

४/५ दिनअघि गणेश शिव मन्दिरको वन क्षेत्रको डम्पिङ साइट नजिकै सालको फूल टिप्न गएका सोही ठाउँकी ५२ वर्षीया लंका वादी र ५६ वर्षीया जगत कुमारीले त्यहाँ ग्यालेन भेटाएका थिए । ‘ग्यालेनमा घरेलु मदिरा भएको ठानी घर ल्याएर अखाद्य वस्तु सेवन गरेको अनुसन्धानमा देखिएको छ ।

गौरीको असार ६ गते र कमलाको ७ गते राति मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयले गौरीको सोही दिन दाहसंस्कार गरेका थिए । घटनाको शुक्रबार जानकारी पाउनासाथ प्रहरीले शंका लागी कमलाको दाहसंस्कार गर्न नदिएको इलाका प्रहरी कार्यालय ढोढरी, वेलवाका प्रहरी निरीक्षक बखतबहादुर शाहीले बताए ।

Nabintech