नेपालगञ्ज:नेपाल पत्रकार महासंघ बाँकेले पत्रकार शुद्धिकरणका नाममा मनपर्दि सदस्यता कटौती गर्दै आफना मन परेकालाई जस्तोसुकै परिबेशमा काम गरेपनि सदस्यता कायम गरेको र आफु अनुकुल नहुनेको मनपर्दि रुपमा सदस्यता खारेज गर्न प्रदेशमा सिफारीस गरेको बिरोधमा सदस्यता नपाएका तथा सिफारीसमा नपरेकाको अधिकार प्राप्तीका निम्ति महासंघ बाँकेको कार्यकक्षमा दिउसै मोम बत्ति बालेर बिरोध जनाईएको छ ।
उस्तै प्रकृतीका केहिलाई शानदार रुपमा सिफारीस गरेको र उस्तै प्रकृतीका केहिलाई सिफरीस नगरेको भन्दै न्यायोचित सदस्यता बितरण नगरेको र नबिकरणका लागि सिफारीस नगरेको भन्दै अभियान्ता सकिल अहमद कादरी र नमस्कार शाहको नेतृत्वमा उज्यालोको प्रतिक मोमबत्ती दिउसै बालेर बिरोध गरिएको हो ।
”केहि शिक्षकलाई हटाएको तर केहि लेक्चरलाई राखेको”, केहि ब्यापारीहरुलाई सदस्यता कायम रहने तर केहि अन्य ब्यापार , ब्यबसाय नगरेका, जागिर नगरेकालाई आफनो मान मौजि तरीकाले गरेको भन्दै सदस्यता फाल्ने काम गरेको पत्रकार महासंघ बाँकेको स्वईच्छाचारी नितिको दैनिक जसो बिरोधका कार्यक्रहरु हुदै आएका छन ।
स्मरण रहोस पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी र कोषाध्यक्ष बिनोद पौडेल आफै ब्यापारी समेत हुन । निजहरुले समाचार नलेख्ने केशव निमेश कोहलपुरलाई सिफारीस गरेका छन भने समाचार लेख्ने प्रमोद रिजालको सदस्यता खाने प्रपञ्च रचेका छन । यो त सामान्य उदाहरण मात्र हो दलालगिरी गर्ने, पैंसा बार्गेनिग गर्नेलाई बचाउ गर्दै बिशुद्ध पत्रकारीता गर्ने कयौको सदस्यता हटाथमा खारेज गर्ने परि पञ्च रच्ने बर्तमान महासंघ बाँकेको टिम एकाध बाहेक आफैमा बिबादास्पत टिम समेत हो । अधिकार र प्रेस स्वतन्त्रताको दुहाई दिएर नथाक्ने बर्तमान महासंघको टिम ब्यापारीहरुको अखडा बन्दै गएको र यस्ता ब्यापारीहरु रहुन्जेल बास्तबिक रुपमा कलम चलाउनेहरु थप प्रताडित नरहलान भन्ने स्थिती रहदैन ।
आज पनि महासंघको कार्यकक्षमा पावरवाला चस्मा राखेर बिरोध गर्ने कार्यक्रम रहेको सकिल अहमद कादरीले कोहलपुर टाईम्सलाई बताएका छन । आखा देख्न नसकि गरिएको सिफारीसका बिरुद्ध पावरवाला चस्मा लाएर हेर्न भन्दै सांकेतिक रुपमा पावरवाला चस्मा राखि बिरोध प्रर्दशन गरिन लागेको हो ।