१० मंसिर २०८१, सोमबार
नरैनापुर पुगेर के भने माननियहरुले

नरैनापुरका सडकहरुमा अझै पनि गाई भैंसि बाँध्ने प्रक्रिया नरोकिएको प्रति इंगित गर्दै संघिय सांसद ढकालले स्थानिय सरकारले सचेतना फैलाउनुपर्ने जिकिर गरे


  • टाइम्स संवाददाता

  • १२ असार २०८०, मंगलवार ११:१६

कोहलपुर,बाँके: नरैनापुर गाउँपालिकाको १३ औं सभाको उदघाटन शत्रमा बाँके क्षेत्र नं. १ का सघिय सांसद सुर्य ढकाल र प्रदेश सांसद कृष्ण के.सि. नमुनाले नरैनापुरको समग्र विकासका निम्ती हातेमालो गर्दै अघि बढने प्रतिबद्धता ब्यक्त गरेका छन ।

उनीहरुले सांसद विकास कोषबाट प्राप्त हुने रकम समेत एकिकृत गर्दै नरैनापुरको आवश्यकताका आधारमा खर्च गर्ने समेत जनाएका छन ।
शिक्षा, स्वास्थ्य, सरसफाई र पुर्वाधार सम्मुनत नरैनापुर भन्ने नाराका साथ शुरु भएको गाउसभाको उदद्धाटन शत्रलाई सम्बोधन गर्दै बाँके क्षेत्र नं. १ का सघिय सांसद सुर्य ढकालले तीनै तहका जनप्रतिनिधी नरैनापुरको पक्षमा रहेको बताउदै नरैनापुरको स्थलगत अध्यन गर्न अर्थमन्त्रिलाई नरैनापुर आउन समेत आब्हान गरे ।

यो पार्टि वा त्यो पार्टि नभनि नरैनापुर बनाउन लाग्ने हो भने बजेटको कमि नहुने भन्दै सांसद ढकालले विकासका निम्ति सबैको एकै स्वर हुनुपर्नेमा जोड दिए ।

सिक्टा सिचाई र राप्ति नदिमा तटबन्धन गर्ने कुरा प्राथामिकतामा रहेको भन्दै सांसद ढकालले किसानहरुलाई मल बिउ सरकारले ब्यबस्थापन गर्नुपर्ने यदि ब्यबस्थापन गर्न नसक्ने हो भने भारतबाट एकाध बोरा मल बिउ ल्याउदा छेकबार गर्न नहुने बताए ।

किसानले उत्पादन गरेका धान गहु नरैनापुरबाट लोड गरि नेपालगञ्ज लैजादा कम्दि पुग्दा प्रहरीले रोक्ने कार्य गरेको भन्दै यदि भन्सार छलि हो भने सिमानामा पक्राउ गर्नुपर्ने अन्यथा आफनो उत्पादित बस्तु बिक्रि प्रयोजनका लागि लैजादै गर्दा कम्दिमा समाउने कुरा न्यायोचित नभएको बताए ।

नरैनापुरलाई फुसको छाना रहित घर निर्माणमा आफुले योजना अघि सारेको बताउदै ढकालले बास्तबिक गरिव पहिचान गर्ने जिम्मा यहाँकै जनताको भएको र पछि फुसका घर निर्माण नगर्ने प्रतिबद्धता समेत आउनुपर्नेमा जोड दिए । नरैनापुरका सडकहरुमा अझै पनि गाई भैंसि बाँध्ने प्रक्रिया नरोकिएको प्रति इंगित गर्दै संघिय सांसद ढकालले स्थानिय सरकारले सचेतना फैलाउदै जनताहरुलाई जागरुक बनाउने तर्फ पहल गर्न अनुरोध गरे ।

यसैगरि बाँके क्षेत्र नं. १ ख का प्रदेश सांसद कृष्ण के.सि. नमुनाले छुटेका वडा र बजेटबाट सम्बोधन नभएका क्षेत्रहरुमा बजेटको सुनिश्चितता गरिने भन्दै सन्तानेश्वर लगाएत १० वटा क्षेत्रमा खानेपानीको आयोजना यसै बर्ष सञ्चालमा ल्याईने बताईन ।
नरैनापुरलाई औधोगिक ग्रामका रुपमा विकास गर्न पालिकाले प्रस्ताव अघि सार्नुपर्ने बताउदै सांसद के.सि.ले नरैनापुरलाई पर्यटन मार्गका रुपमा विकास गरिने प्रतिबद्धता समेत ब्यक्त गरिन ।

बाँझा भुमीलाई उर्बर बनाउदै उत्पादित बस्तुबाट आत्मनिर्भर बनाउन सक्दो प्रयास गर्ने बताएकी के.सि.ले कृषि पर्यटन , धार्मिक प्रर्यटनमाफत नरैनापुरलाई चिनाउन सबै पक्ष लागिपर्नु पर्नेमा जोड दिईन ।

प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालको स्वागत मन्तब्यबाट शुभारम्भ भएको १३ औं गाउसभामा वडा नं. ६ का वडा अध्यक्ष प्रेम चन्द्र मौर्य, समाजसेवी रामचन्द्र मौर्य लगाएतले गाउ सभा सफलताको शुभकाना ब्यक्त गरेका थिए ।

नरैनापुर गाउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहको सभाध्यक्षतामा आयोजित गाउ सभा उदघाटन शत्रमा उपाध्यक्ष जयन्तिदेवी श्रीबास्तव , स्थानिय बुद्धिजिवि, पत्रकार , शुरक्षा निकाय, शिक्षक तथा जनप्रतिनिधि गरि करीब १५० जनाको उपस्तिथी रहेको थियो ।

Nabintech