११ मंसिर २०८१, मंगलवार
बाँकेलाई बिहीवार पूर्ण खोप सुनिश्चितता घोषणा गरिँदै

जिल्लाका आठवटै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएपपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गर्न लागिएको हो


  • टाइम्स संवाददाता

  • १३ असार २०८०, बुधबार १३:४७

नेपालगञ्ज : बाँकेलाई बिहीबार पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिँदै छ । लुम्विनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले एक कार्यक्रमकाबीच बाँकेलाई प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गर्न लागेका हुन् ।

जिल्लाका आठवटै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएपपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गर्न लागिएको हो ।

खोपै नलगाएका १९६ बालबालिका र नियमित तथा पूर्ण खोप नलगाएका १ हजार ३०१ जना बालबालिकालाई खोप लगाइसकेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गर्न लागिएको छ ।

डुडुवालाई बैशाख ८, जानकीलाई जेठ २१, खजुरालाई २५, कोहलपुरलाई २६, बैजनाथलाई २९, नरैनापुरलार्य ३१, नेपालगञ्जलाई ३२ र राप्तीसोनारीलाई असार ३ गते पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको थियो ।

Nabintech