१० मंसिर २०८१, सोमबार
आत्महत्या न्युनिकरणका निम्ति सचेतना मुलक अन्तरक्रिया

आत्महत्या सबैको साथ सहयोग र सचेतनाको माध्यमबाट आत्महत्या न्युनिकरण गर्न सकिने


  • सरला सुबेदी

  • १६ असार २०८०, शनिबार ०८:४५

कोहलपुर,बाँके:पछिल्लो समय दिनप्रती दिन आत्महत्याका घटनाहरु कोहलपुर क्षेत्रमा घटिनै रहेको छन। समाजमा कुनै पनि नागरीकको अकालमा मृत्यु नहोस् भन्नेतर्फ समग्र कोहलपुरको स्थानिय सरकार र इलाका प्रहरी कार्यलय अनि स्थानिय बाल युवा सन्जाल क्लब सजग र प्रतिवद्ध रहेको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले बताएका छन् ।

मनोसमाजिक परामर्श तथा आत्माहत्या न्युनिकरणको उद्देश्य एवं रोकथामका लागि सचेतना मुलक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन उनले मानसिक अस्वस्थताका धेरै लक्षणहरू १४ वर्षको उमेरभन्दा अगाडि देखि नै सुरु हुने र आत्महत्या युवाहरूको मृत्युको प्रमुख कारण भएको बताएका छन् । यसको रोकथाम गर्नु स्थानिय सरकारको मात्र नभैइ स्थानिय नगारीक र अभिभावकको प्रमुख दायित्व हुने उनको बताए।

हाम्रो अहिलेको प्रमुख दायित्व भनेको आम स्थानिय नागरिकको जीवन रक्षा गर्ने भएको उल्लेख गर्दै नागरिकको जीवन रक्षाको लागि निरनतर रुपमा प्रतिवद्ध रहदै आएको उनको भनाई रहेको छ । उनले समाजमा सचेतनाका कार्यक्रमहरु गरी युवाहरुलाई प्रोत्साहन मुलक कार्य गर्दै आएको बताए ।

कार्यक्रमको सहजिकरणा गर्दै ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपि सुन्दर तिवारीले आत्महत्या नियन्त्रण गर्नकालागि विशेष सचेतना अभियान नै चलाउनु पर्ने बताएका छन् । त्यसका लागि पालिकाहरुले प्रहरीसंग पनि समन्वय र सहकार्य गरेर कार्यक्रम गनुपर्ने उनको भनाई रहको छ । अहिले बढ्दै गएको आत्महत्याको दरलाई न्यूनीकरण गर्न सबैको सहभागितामा आमनागरिकलाई सचेत गराउने उद्देश्यले नगरपालिका संग समन्वय गरी उक्त कार्यक्रमको आयोजना गरिएको बताएका छन् ।

उनले कार्यक्रमम गत साउन देखि अहिले सम्म भएका आत्महत्याको बिवरण प्रस्तुत गर्दै आत्महत्याको केशलाइ पत्रकारहरुलाई लाइभ नगर्न आग्रह समेत गरेका छन् । जिल्ला स्तरीय समुदाय–प्रहरी साझेदारीको ब्यानरमा विभिन्न कार्यक्रमको आयोजना गरी आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम संचालन गरिएको समेत उनले बताएका छन् ।

नेपाल प्रहरीको एकल प्रयासमा आत्महत्या रोकथाममा गर्न नसकिने भएकोले सरोकारवाला निकायहरूको सक्रिय सहभागितामा यो कार्यक्रम संचालन गरिएको बताएका छन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले आत्महत्या सबैको साथ सहयोग र सचेतनाको माध्यमबाट आत्महत्या न्युनिकरण गर्न सकिने बताए ।

उक्त अवसरमा बोलदै कोहलपुर नगरपालिकाका नगर प्रहरी विर बहादुर थापाले मनोसमाजिक परामर्श तथा आत्माहत्या न्युनिकरणको सचेतनाका वडा स्तरीय कार्यक्रमहरु सम्पन्न गरेको जानकारी दिएका छन् । कार्यक्रममा मनोबिमर्शकर्ता  अन्जु न्यौपानेले आत्महत्या मानसिक स्वास्थ्य समस्याका कारण उत्पन्न हुने एक प्रकारको विकार हो त्यसैले बिकारलाई फाल्न अनि तनाव व्यवस्थापन गर्ने उपायहरु बारे जानकारी समेत गराएकी थिइन।

Nabintech