११ पुष २०८१, बिहीबार
बुढेसकालको सहारा भनेको छोराले नै आफनो सहोदर पितालाई मार्दिएपछि

बुढेसकालमा पाल्छ भनेर सोच्नु बेकार भएको स्थानिय बढापाकाहरुको भनाई


  • टाइम्स संवाददाता

  • १६ असार २०८०, शनिबार १८:१४

चितवन: नेपालीहरुले आफुले जन्माएको छोरालाई बुढेसकालको सहारा मान्ने गर्छन तर चितवनको भरतपुरमा आफनो सहोदर बाबालाई छोराले कुटपिट गरि मारेका छन । भरतपुर –२ क्षेत्रपुरमा छोराको कुटाइबाट  बुबाको मृत्यु भएको  हो । ।आफ्नै छोरा टेक बहादुर परियारको कुटपिटबाट बुबा अन्दाजी ७० बर्षका दिलबहादुर परियारको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

घरायसी विवादमा छोरा टेक बहादुरको कुटपिटबाट गम्भीर घाइते भएका बुबा दिलबहादुर परियारकोे उपचारको क्रममा शुक्रबार भरतपुर  अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रभक्ता बिजयराज पण्डितले   जानकारी दिए  । घटना के कारणले भएको खुलेको छैन ।टेक बहादुरलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान सु्रु गरेको छ ।
बुढेसकालको सहारा भनेको छोराले नै आफनो सहोदर पितालाई मार्दिएपछि गाउघरमा छोराले बुढेसकालमा पाल्छ भनेर सोच्नु बेकार भएको स्थानिय बढापाकाहरुले बताउन थालेका छन । क्षेत्रपुर क्षेत्रमा यतिबेला स्थानियहरुको सोचमा समेत परिवर्तन आउने गरि भएको यो घटनाले आफन्तको भरोसा गर्नु बेकार भएको बताउदै आएका छन ।
Nabintech