७ मंसिर २०८१, शुक्रबार
गन्धर्वलाई सारंगी बजाउन सिकाउँदै प्रदेश सरकार

सीमित व्यक्तिमा रहेको सीपलाई युवापुस्तामाझ पुर्याउनका लागि कार्यालयले सारंगी बनाउने सीपको प्रवरद्धन


  • टाइम्स संवाददाता

  • १७ असार २०८०, आईतवार १०:०५

देउखुरी : तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर नजिकै रहेका गन्धर्व शनिबार तुलसीपुरमा भेला भए।  ६३ घरधुरी रहेको सो टोलका उनीहरूमध्ये सारंगी बनाउन र बजाउन सीमित व्यक्तिलाई मात्रै आउँछ।

उनीहरूलाई सारंगी बनाउन र बजाउन सिकाउने अभियानमा लुम्बिनी प्रदेश सरकार लागेको छ । उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत पर्यटन डिभिजन कार्यालय संकटको पेसा बचाउन उनीहरूलाई सशक्तीकरण गर्न लागेको छ।

सोही टोलका सारंगी बनाउने र बजाउने सीप भएका ७० वर्षीय शालिकग्राम गन्धर्वले पेशा लोप हुन्छ कि भन्ने चिन्ता लागेको बताए। ‘सारंगीमा त राष्ट्रियता पो झल्किन्छ । यो पेशालाई पछिल्लो पुस्ताले अपनत्व नगरिदिँदा चिन्ता लाग्छ’, उनले भने।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले सङ्कटमा परेको बाजा बचाउनपालिकाले नीति तथा कार्यक्रममा समावेश गरिएको जानकारी दिए। उनले गन्धर्व समुदायको सङ्कटमा परेको पेशा बचाउने दायित्व सरकारको भएको बताए। नगरप्रमुख खड्काले सारंगी बनाउन र बजाउने सीपको प्रवर्द्धन गरेर व्यावसायिकरूपमा अघि बढाउन सकिन्छ भन्ने सन्देश दिन खोजेको प्रष्ट पारे।

सीमित व्यक्तिमा रहेको सीपलाई युवापुस्तामाझ पुर्याउनका लागि कार्यालयले सारंगी बनाउने सीपको प्रवरद्धन गरेको छ । पर्यटन डिभिजन कार्यालय बाँकेका प्रमुख दिनेश अधिकारीले लुम्बिनी प्रदेशका तीन जिल्लामा सारंगी बाजाका लागि सङ्गीत कक्षा र सारंगी बनाउने सीप प्रवर्धन गरेको जानकारी दिए। उनले उत्पादन गरिएका सारंगीको बजारीकरण गर्ने बताए।

Nabintech