इलाम:इलाममा एकजनाले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन्।माइजोगमाई–२ टारसिंहका ५६ वर्षीय पिताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेको इलामका प्रहरी उपरीक्षक दिलीपकुमार घिमिरेले जानकारी दिए। राधिका पिताम्बरकी जेठी श्रीमती भएको बताइएको छ।
गालामा गहिरो चोट लागेकी राधिकाको घटनास्थलमै मृत्यु भएको एसपी घिमिरेले जानकारी दिए। पिताम्बर भने घरदेखि सय मिटर टाढा निबारोको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट समेत थप प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।