बाँके: बाँकेमा आयुर्वेद तथा प्राकृतिक उपचारमा मानिसहरुको आकर्षण बढ्दै गएको छ। कोहलपुर नगरपालिका -११ मा रहेको आयुर्वेद औषधालयमा उपचार गराउने बिरामीकाे संख्या बढ्दै जान थालेकाे हाे । जिल्लाका विभिन्न पालिकाबाट दैनिक २० देखि ३० जना उपचारका लागि बिरामीहरु आउने गरेका छन् ।
कोहलपुर ११ का रमेश प्रसाद श्रेष्ठ नसा सम्बन्धि राेगबाट पीडित हुनुहुन्छ । दुई दशक देखि नसा दुख्ने समस्याले सताएपछि नेपाल मात्र नभैइ लखनउका विभिन्न अस्पतालसम्म पुग्नुभयाे । जति उपचार गर्दापनि सन्चाे नभएपछि प्राकृतिक पद्धतिबाट उपचार थालेपछिआफू निको भएको बताउनुहुन्छ। बाहिर औषधालयमा नि:शुल्क सेवा पाउँदा आफु जस्ता धेरै विपन्न नागरिकलाई राहत मिलेकाे उहाँकाे भनाइ छ । मुगुकी माेतिसरा विश्वकर्मालाई पनि हातखुट्टा दुख्ने समस्या छ ।
उपचारका लागि तराई झर्नु भएकी उहाँ आयुर्वेद अस्पतालको सेवाबाट सन्तुष्ट हुनुहुन्छ । यस्तै ग्याष्टिककाे समस्या भाेगिरहेका काेहलपुर-८का गोबर्धन केसीले अस्पतालले प्रदान गर्ने सेवा जेष्ठ नागरिक मैत्री भएकाे बताउनु भयाे । घरमै सेवा पाउँदा आफूलाई निकै सहज भएकाे बताउनु भएकाे छ । कोहलपुरमा रहेकाे आयुर्वेद औषधालय जिल्लाकाे एकमात्र सरकारी अस्पताल हाे । नगरपालिकाकाे स्वामित्वमा रहेकाेले अस्पतालले विभिन्न शिविर,घरदैलाे सेवा प्रदान गर्दै आएकाे छ ।
पछिल्लाे समय अस्पतालमा उपचारका लागि आउने बिरामीहरूकाे चाप बढेको बताउनु हुन्छ,कोहलपुर आयुर्वेद औषधालयका शाखा प्रमुख उदिप श्रेष्ठ । उहाँले अस्पतालमा आयुर्वेद सेवालिन धेरै जसो पेट सम्बन्धि समस्या भएका नसा सम्बन्धी समस्या भएका बाथरोगिहरु आउने गरेको बताउनु भएको छ।रुघाखोकी , नसा, पायल्स फिस्टुलाका रोगिहरु बढी आउने गरेको र यस आयुर्वेद औषधालयबाट २३ प्रकारको औषधि निशुल्क पाइने ओपिडी सेवा , बच्चा जन्मेको ५ महिनासम्मको बच्चालाई सपोर्ट हुने गरि स्तनपाई सेवा कार्यक्रम , जेष्ठ नागरिकहरुको लागि स्वास्थ्य प्रबर्द्धन कार्यक्रम त्यस अन्तर्गत रसायन औषधी इमिन्युटी पावर बढाउने कार्यक्रम , अनि बाथको समस्या भएकाहरुको लागि पन्चकोष कार्यक्रम अन्तर्गत पुर्वक्रम सेवा स्टिमबाथ हातखुट्टा दुख्ने , नसासम्बन्धी समस्या भएका बाथरोगिहरुको लागि दुई प्रकारको सेवा दिईरहेको बताउनु भयो ।
कोहलपुर आयुर्वेद औषधालयले नगरका विभिन्न वडाहरुमा स्वास्थ शिविर सङ्गसङ्गै योग शिविर संचालन गर्दै आएको छ । शिबिर सन्चालन अनि कोरोनाको कहर सुरु भएदेखी बिरामिहरु खोज्दै खोज्दै यहाँसम्म आउनेको चाप बढेको छ। आयुर्वेद औषधालयमा उपचार गराएका बिरामीहरू सन्तुष्ट छन् । जनशक्ति अभावका कारण उपचार गर्न समस्या छ । अस्पतालकाे सेवालाई प्रभावकारी बनाउन स्थानीय सरकारले ध्यान दिन जरूरी छ ।