९ मंसिर २०८१, आईतवार
घरेलु तथा साना उद्योग महासंघको नवनिर्मित भवनको उदघाटन

अहिले अनुदान खाने भन्ने प्रचलन छ अनुदान खाने हैन उत्पादनमा जोडने माध्यम हो


  • टाइम्स संवाददाता

  • २४ असार २०८०, आईतवार १७:१०

कोहलपुर,बाँके: नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगरपालिका समितीको चौथो बार्षिक साधारण सभा तथा तेस्रो नगर अधिबेशनका अबसरमा लुम्बिनी प्रदेश सभाका मुख्य मन्त्रि डिल्लि बहादुर चौधरीले महासंघको नवनिर्मित भवनको समुदघाटन गरेका छन ।
नवनिर्मित भवनको समुदघाटन गर्दै मुख्य मन्त्रि चौधरीले एक घर एक उद्योगको अबधारणामा प्रदेश सरकार अघि बढ्न चाहेको बताएका छन ।

साना साना उद्योगमा लगानि गर्दै जनतालाई आत्मनिर्भर बनाउने प्रदेश सरकारको लक्ष्य रहेको बताउदै मुख्य मन्त्रि चौधरीले स्थानिय उत्पादनलाई प्राथामिकता दिंदै विश्व बजारमा उत्पादित बस्तुहरु निकासिमा प्रदेश सरकारको सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे ।
उनले अनुदानमा भर पर्ने नभएर सस्तो ब्याजदरमा ऋण लिएर साना साना उद्योग खोल्न प्रोत्साहन गर्ने प्रदेश सरकारको निति रहेको समेत प्रष्ट पारे ।

अहिले अनुदान खाने भन्ने प्रचलन छ अनुदान खाने हैन उत्पादनमा जोडने माध्यम हो भन्ने आम जनस्तरमा बुझाउन नसक्दा अनुदान खेर गईरहेको हौंलयाउदै अब अनुदान हैन अपनत्व बढने गरि साना तथा मझौला उद्यमीहरुलाई कर्जा प्रबाह गरिने बताए ।

स्थानिय स्तरमा परम्परदेखि प्रचलनमा रहेका तर ब्राण्डेट हुन नसकेका घरेलु उत्पादनलाई समेत प्रदेश सरकारले ब्रान्डेट गर्दैछौं तपाई कार्यक्रम ल्याएर आउनोस हामी बजेटको कमि हुन दिने छैनौ मुख्य मन्त्रिको थप कथन रहेको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगरपालिका समितीका अध्यक्ष हेम बिक्रम जिसिको अध्यक्षमा आयोजित चौथो बार्षिक साधारण सभा तथा तेस्रो नगर अधिबेशनमा प्रदेश सभाका माननिय सांसदहरु दुर्गा प्रसाद चौधरी, कृष्न के.सि. नमुना, बसन्ति अधिकारी ,सञ्जु कुमारी थारु, नगर प्रमुख पुर्ण प्रसाद आचार्य , उप प्रमुख संगिता सुबेदी घरेलु महासंघका केन्द्रिय नेता स्थानिय घरेलु उद्योगका लघु उद्यमी , बिभिन्न दलका प्रतिनिधि, बुद्धिजिवि पत्रकारहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन सिएम उपाध्यायले गरेका थिए ।

 

Nabintech