९ मंसिर २०८१, आईतवार
जनयुद्धको उपलब्धि : प्रचण्डका छोरीज्वाइँलाई फेरी पनि मन्त्री उपहार

माओवादीमा लामो समयसम्म राजनीति गरेकालाई पाखा लगाउँदै आचार्य दोस्रोपटक मन्त्री बन्न सफल


  • टाइम्स संवाददाता

  • २४ असार २०८०, आईतवार १७:३२

काठमाडौं: अस‌वैधािनकरुपमा गठन गरीएको कोसी प्रदेश सरकारमा  मन्त्री बन्न पाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरीज्वाईंलाई फेरी फलिफाप मिलेको  छ ।

सभामुखको राखनै नमिल्ने मत दर्ज गराई प्रदेशका मुख्यमन्त्री बनेका उद्धव थापाले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै प्रचण्डका छोरीज्वाईलाई मन्त्री बनाएका हुन् । माओवादीले मन्त्रीको नाम पठाएपछि थापाले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

कोसी प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की, कांग्रेसबाट रामकुमार खत्रीले मन्त्री पदको शपथग्रहण गरेका हुन् ।

आचार्यलाई आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारी दिइएको छ । अन्य मन्त्री भने विनाविभागीय छन् । नवनियुक्त अर्थमन्त्री आचार्य प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरीज्वाईं हुन् । उनकी श्रीमती गंगा दाहाल प्रधानमन्त्रीका स्वकीय सचिव छिन् ।

माओवादीमा लामो समयसम्म राजनीति गरेकालाई पाखा लगाउँदै आचार्य दोस्रोपटक मन्त्री बन्न सफल भएका हुन् । उनी यसअघि पाँच महिना पर्यटनमन्त्री थिए। बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रबार शपथ ग्रहण गरेका थिए । सो दिन कांग्रेस र एकीकृत समाजवादीबाट एक एकजना मन्त्री नियुक्त भएका थिए । शुक्रबार गठन भएको मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका प्रदीप सुनुवार र एकीकृत समाजवादीका कमल जवेगुले मन्त्रीको शपथ लिएका थिए।

Nabintech