कोहलपुर:कोहलपुर १३ भरैया बाख्ला जमुनामा बिद्युतको समस्या भएपछि समस्या समाधानकालागि भन्दै नेपाल बिद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रमा प्रदेश सभा सांसद बसन्ति अधिकारीको एक टोलिले वितरण शाखा प्रमुख सुरज रेग्मिलाई भेटि समस्या समाधानका लागि द्धिपक्षिय छलफल गरेको छ ।
ट्रान्समिटर बिग्रियपछि बिद्युतको भोल्टेज नहुदा पंखा नचलेको र रोप्नलाई मोटरबाट पानी तान्न समेत कठिन भएका कारण खेत समेत बाँजो रहने जस्ता समस्या लिएर १३ नं. वडा अध्यक्ष डम्बर बहादुर खड्का, वडा सदस्य गोमा कुमारी खनाल समेतको टोलिले बिद्युतले गर्दा जनता प्रताडित भएको भन्दै समस्या सम्बोधन गर्न प्राधिकरणका प्रमुख रेग्मिसंग अनुरोध गरेका थिए ।
जवाफमा प्राधिकारण प्रमुख रेग्मीले प्राधिकारणका आफनै समस्या रहेको बताउदै माग धेरै तर आपुर्ति गर्ने सामान सिमित हुँदा आफुले चाहेर पनि जनताको माग पुरा गर्न नसकेको स्विकार गर्दै आफुसंग भएका सिमित श्रोत साधन प्रयोग गरेर भएपनि असार मसान्त सम्म बाख्ला जमुना टोलको समस्या समाधान गर्ने बताए ।
उन्ले खरिद प्रक्रिया गर्ने अख्तियारी शाखालाई नभएको भन्दै नेपालगञ्ज र केन्द्रले दिएको स्रोत साधन अपुग हुने गरेकाले बिद्युतको समस्या समाधानका लागि प्रदेश , तथा स्थानिय निकायबाट स्रोत जुटाउन सके आफुले जनताको सबै समस्या सम्बोधन गर्न तत्पर रहेको बताए ।