१० मंसिर २०८१, सोमबार
दुर्घटनाग्रस्त अवस्थामा भेटियो मनाङ एयरको हेलिकप्टर

  • टाइम्स संवाददाता

  • २६ असार २०८०, मंगलवार ११:०६

काठमाडौं : मंगलबार विहानदेखि बेपत्ता भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुराबाट सम्पर्कविहीन भएको थियो ।

लाम्जुरापास क्षेत्रमा नै हेलिकप्टर दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको दुर्घटनास्थलमा पुगेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतले जानकारी दिए ।

‘अहिलेसम्म ५ वटा शव भेटिएको छ । उनीहरुको पहिचान भएको छैन,’ उनले  भने । उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु थिए । प्रहरीले घटनास्थलमा उद्धारको काम सुरु गरिसकेको उनले जानकारी दिए ।

मनाङ एयरको ९ एनए–एमभी कलसाइन भएको हेलिकप्टर बिहान १० बजेर १ मिनेटपछि सम्पर्कविहीन बनेको थियो । अहिले दुर्घटनास्थलमा काठमाडौंबाट गएको अल्टिच्युड एयरको हेलिकप्टर पनि अवतरण गरेको छ ।  हेलिकप्टरमा उद्धारकर्मीहरू सवार छन् ।

मनाङ एयरको हेलिकप्टर सीबी गुरुङले कमान्ड गरेका थिए। जसमा मेक्सिकन नागरिकहरु ३ महिला र २ पुरुष रहेका छन्। मनाङको यात्रु लिस्टअनुसार हेलिकोप्टरमा तिमा सिफुन्टेस जी फरनान्डो, गोनजालेक्स अब्रिक, गोन्जालेक्स ओकासिलियस, सिफुजेन्टस् जी मोक्स्रिटोस र रिनकोन इस्मेस रहेका छन्।

Nabintech