११ मंसिर २०८१, मंगलवार
प्रचण्डकी पत्नी सीता दाहालको निधन

सीता दाहालको पार्थिव शरीर पेरिस डाँडामा राखिने


  • टाइम्स संवाददाता

  • २७ असार २०८०, बुधबार ०९:१९

काठमाडौं :  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ। आज विहान ८ बजेर ३३ मिनेटमा सीताको निधन भएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथा बाँस्तोलाले जानकारी दिए। उनले थाहाखबरलाई भने, ’अवस्था गम्भीर बनेर विहान अस्पताल ल्याइएको थियो। ८ बजेर ३३ मिनेटमा निधन भयो।’

अस्पतालमा अहिले प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायत माओवादीका शीर्ष नेता अस्पतालमा छन्। उनको पार्थिव शरीर श्रध्दाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिने र २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने जानकारी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

धानमन्त्रीका प्रमुख स्वकीय सचिव रमेश मल्लको अनुसार पत्नी दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पेरिस डाँडामा राखिने भएको छ ।

बिहान ११ बजेदेखि १ बजेसम्म पेरिस डाँडामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेर २ बजे अन्तिम दाह संस्कारका पशुपतिनाथ लगिनेछ ।  उहाँ नेकपा माओवादी केन्द्रकी सल्लाहकार समेत हुनुहुन्थ्यो।

सीताको निधनसँग प्रधानमन्त्री प्रचण्डले परिवारका तीन सदस्य गुमाउनुभएको छ  । यसअघि क्यान्सरका कारण जेठी छोरी ज्ञानु र एक मात्र छोरा प्रकाशलाई गुमाउनुभएको थियो ।

Nabintech