११ मंसिर २०८१, मंगलवार
चिसापानीका तीन होटल सञ्चालक र पाँच महिला पक्राउ

सञ्चालकहरुले यौनकर्म गराउन महिला राखेको भन्दै प्रहरीको छापा


  • टाइम्स संवाददाता

  • २७ असार २०८०, बुधबार १६:०९

कैलाली: कैलालीको चिसापानीका तीन होटलबाट प्रहरीले देहव्यापार गर्ने पाँच महिलासहित होटल सञ्चालकहरुलाई पक्राउ गरेको छ ।चिसापानीको न्यू वर्षा होटल, अछाम होटल र भेरी पञ्चकोशी होटलमा आज बिहान प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा न्यू वर्षा होटल सञ्चालक टोपबहादुर खड्का, अछाम होटलका सञ्चालक केशव शाही, भेरी पञ्चकोशी होटलका सञ्चालक भीम शाही रहेका छन् । सञ्चालकहरुले यौनकर्म गराउन महिला राखेको भन्दै प्रहरीले छापा मारेको थियो ।

इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले होटलमा यौनकर्मका लागि महिला राखिएको पुष्ट जानकारी पाएपछि छापा मारेर आठजनालाई पक्राउ गरिएको बताए ।

प्रहरीले होटलबाट पुरुष ग्राहकलाई भने पक्राउ गरेको छैन । पक्राउ परेका महिला होटलको कामदारका रुपमा राखिएका र छापा मार्ने बेला उनीहरु योनकर्ममा पुरुष ग्राहकसँग नभएको इन्स्पेक्टर खड्काले बताए ।

इन्स्पेक्टर खड्काका अनुसार सोमबार यौन व्यवसायमा संल्गन दुई नावालिकालाई लम्कीबाट पक्राउ गरिएको थियो । होटल सञ्चालक महेशप्रसाद जैशीविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको मुद्दा चलाउने तयारी भइरहेको खड्काले बताए ।

Nabintech