सल्यान : जिल्लाको कुमाख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। कुमाख–४ बाल्लेखोलाबाट बाल्ले जाँदै गरेको रा १ त ३४८७ नम्बरको ट्याक्टर गएराति दुर्घटना भएको हो।
दुर्घटनाको क्रममा ट्र्याक्टरको ट्रलीले च्याप्दा चालक कुमाख गाउँपाकिला ५ तलधरी बस्ने अन्दाजी २६ को रामबहादुर बुढाथोकीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
बाल्लेखोलादेखि बाल्लेमा निर्माणाधिन स्वास्थ्य चौकीको बालुवा लोड गरी जाने क्रममा अनियन्त्रित भई ट्र्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए। ट्याक्टर सडकबाट झन्डै १० मिटर तल खसेको थियो।