बर्दिया: स्थानीय ३२ वर्षीया सन्जु धोवीको हत्या अभियोगमा पक्राउ परेका गुलरिया नगरपालिका—२ खैरापुरका ४१ वर्षका ओमप्रकाश यादवलाई बर्दिया जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ । धोवीको शव ०७९ चैत २१ गते गुलरिया—४ जब्दीघाटमा सढेगलेको अवस्थामा फेला परेको थियो ।
राजापुर नपा—७ शंकरपुर घर भई गुलरिया—२ बस्दै आएकी धोवी र यादवबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको प्रहरीले जनाएको छ । धोबिको गर्भ रहेपछि भारतको मिहीपुरुवामा गत वर्ष असोज १४ गते गर्भपतन गराउन लगेका थिए । तर गर्भपतन हुन नसक्दा धोवीले यादवलाई विवाह गर्न प्रस्ताव गरेको बयान यादवले दिएका छ्न । दुवैबीच द्वन्द्व बढ्दै गएपछि गत कार्तिक २१ गतेबाट धोवी सम्पर्कविहीन भएकि थिईन ।