१२ मंसिर २०८१, बुधबार
एन प्याब्सनले गर्यो तक्षशिलासहित बाँकेका चार बिद्यालयलाई सम्मान

  • टाइम्स संवाददाता

  • २९ असार २०८०, शुक्रबार ०९:३४

कोहलपुर,बाँके:नेशनल प्याब्सन लुम्बिनी प्रदेशले एसईई २०७९मा उत्कृष्ट अंक ल्याउने बाँकेका चार विद्यालयका बिद्यार्थीहरुलाई सम्मान गरेको छ । बाँके जिल्लामा नेशनल प्याब्सनमा आबद्ध भएका ८० विद्यालयहरु मध्येबाट उत्कृष्ट चार विद्यालयलाई सम्मान गएिको नेशनल प्याब्सनले जनाएको छ ।

सम्मानित हुनेमा तक्षशिला एकेडेमी कोहलपुर, पञ्चमुखी ई.मी. स्कुल कोहलपुर, हिमालय विद्या निकेतन र होप इन्टरनेशनल एकेडेमी रहेका छन् ।

यी बिद्यालयमा अध्यनरत बिद्यार्थीहरु तक्षशिला एकेडेमीमा अध्ययनरत सलिना पौडेल, पञ्चमुखी ई.मी. स्कुलमा अध्ययरत पुजा खत्री, हिमालय विद्या निकेतनमा अध्ययनरत जोएल गिरी र कविता सुनार, होप इन्टरनेशनल एकेडेमीमा अध्ययनरत गौरी अग्रवालले एसईईमा उत्कृष्ट अंक ल्याउन सफल भएका थिए ।

उत्कृष्ठ बिद्यार्थी र बिद्यालयलाई कदर पत्र तथा सम्मान पत्रले सम्मानित गरिएको नेशनल प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष कुवेर बस्नेतले कोहलपुर टाईम्सलाई बताए ।

कार्यक्रम नेशनल प्याब्सनका केन्द्रिय उपाध्यक्ष सुबोध कुमार डाँगीको प्रमुख अतिथ्यता र नेशनल प्याब्सनका लुम्बिनी प्रदेश अध्यक्ष कुवेर बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Nabintech