७ मंसिर २०८१, शुक्रबार
कोहलपुर खानेपानीमा भुसाल अध्यक्षको आकांक्षि

संस्था भित्रका बिक्रिति, बिसंगति र अनियमितताका बिषयलाई पारदर्सि गर्दै आम उपभोक्तालाई सहज र सरल तरिकाले खानेपानी उपलब्ध गराउन दृड संकल्प रहन्छ


  • टाइम्स संवाददाता

  • २९ असार २०८०, शुक्रबार १८:०६

कोहलपुर,बाँके: नेपाली काँग्रेसका प्रभावशालि युवा नेता (टेक नारायण) टिएन भुसाल आसन्न कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्ष पदमा आफनो उम्मेदवारी रहने बताएका छन ।

कोहलपुर टाईम्ससंगको भेटमा युवा नेता भुसालले कोहलपुरका हरेक संघ संस्था र निकायमा युवाहरुको नेतृत्व खड्किएको भन्दै आफनो उम्मेदवारी रहने बताएका हुन । उनले सामाजिक सञ्जालमा समेत एक अपिल गर्दै बेथिति र भ्रस्टाचारका विरुद्ध , आर्थिक अनुशासन र चुस्त ब्यवस्थापन अनि उपभोक्तालाई शुद्ध पानी उपलब्ध गराउने प्रतिबद्धताका सहित कोहलपुर खानेपानीको अध्यक्षमा उम्मेद्बारी दिने निर्णय गरे सबैको सहयोगको अपेक्षा गर्दछु भन्दै आफनो फेसबुक पेजमा स्टाटस समेत लेखेका छन ।

बिगत ८ बर्षदेखि एकै नेतृत्वले गरेको चरम ब्यथितीलाई नजिकबाट नियालेका भुसालले पात्र र प्रबृत्ती नफेरीउन्जेल सम्म खानेपानीका तमाम समस्याहरु हल हुन नसक्ने निस्कर्षका साथ आफु चुनावमा होमिने तयारीमा रहेको बताए ।

साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आठौं कोहलपुर नगरपालिका ११ मा रहेको कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको जेठ २ गते आयोजना गरिएको ८ औं साधारण सभामा आर्थिक प्रतिबेदन पारदर्शि नभएको भन्दै आवाज उठेपछि गठित छानविन समितीले तयार पारेको प्रतिबेदन सार्वजनिक गर्न आलटाल गरेका राजनैतिक दलहरुले बेटर बाँके र उपभोक्ताहरुको दवाफ पछि प्रतिबेदन सार्वजनिक गरेका थिए ।

मिलेमतोमै भ्रष्टाचार गर्न उद्यत तत्कालिन नर बहादुर मल्लको कार्यसमितीले खानेपानी संस्थामा चरम आर्थिक अपचलन गरेको प्रतिबेदनमा उल्लेग गरिएको थियो । कुनै न कुनै बहानामा भत्ता खाएका कार्य समितीले आफनो जिवन बिमा समेत गराउन भ्याएको छ । बिना प्रयोजन ७ देखि ८ लाख सम्म पेश्कि लिने, बिधान संसोधन बैठक भत्ताका नाममा २ लाख ३४ हजार, दशैं पेश्कि भनेर ३ लाख, कर्मचारी पदपुर्ति समति भत्ता ३ लाख, कर्मचारी बढुवा समिती भत्ता १ लाख ११ हजार एक सय पचास, आन्तरीक कर्मचारी बढुवा उप समिती भत्ता ५२ हजार पाँच सय, ईन्धन सुबिधा ६ लाख ३८ हजार सात सय पचास रुपैया खर्च गरेको पाईएको पाईएको थियो ।

प्रतिबेदनमा बेथिती औंल्याए पछि रिसले चुर भएका नर बहादुर मल्ले कार्यालय प्रमुख सुरेन्द्र कुमार दसौंदि र कोहलपुर क्षेत्रका दलहरुका प्रतिनिधी समेत १० जनालाई आफु बिरुद्ध अन्याय भएको, कार्यालयमा जान नदिएको भन्दैउच्च अदालत तुल्सिपुर नेपालगन्जमा मुद्धा समेत हालेका थिए । अदालतले अन्तरीम आदेश दिन अस्विकार गरेपछि अब चुनावि प्रकृया केहि दिनमा शुरु हुने निर्वाचन अधिकृत राम बहादुर हमालले बताएका छन । यस अघि तय गरिएको चुनावी प्रक्रिया प्रतिबेदन सार्वजनिक नगरेको भन्दै बिरोध भएपछि र अदालत सम्म मुद्धा गएपछि स्थगित भएको थियो । पुर्णपाठ नआएपनि अन्तरीम आदेश दिन अस्विकार गरेको र अदालतले समेत चुनावी प्रक्रियालाई नरोकेका कारण श्रावण पहिलो हप्ता निर्वाचनका कार्यक्रम सार्वजनिक गरिने निर्वाचन अधिकृत हमालले बताए ।

चुनावि प्रक्रियामा आफनो प्रमुख दाबि रहने भन्दै संस्था भित्रका बिक्रिति, बिसंगति र अनियमितताका बिषयलाई पारदर्सि गर्दै आम उपभोक्तालाई सहज र सरल तरिकाले खानेपानी उपलब्ध गराउन आफनो दृड संकल्प समेत रहन्छ नेबिसंघ बाँकेका पुर्व जिल्ला अध्यक्ष, केन्द्रिय सदस्य समेत रहेका र हाल पार्टिमा क्रियाशिल लुम्बिनी प्रदेश सदस्य  टिएन भुसालको थप भनाई रहेको छ ।

Nabintech