९ मंसिर २०८१, आईतवार
सुदूरपश्चिमको बजेटमा बेथिति, सांसद विकास कोषमा पाँच करोड

  • टाइम्स संवाददाता

  • ३० असार २०८०, शनिबार १६:५५

धनगढी : आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि प्रस्तुत बजेट यथास्थितिमा पारित नगर्ने अडानमा रहेको सत्तारुढ दलका नेताहरु र सरकारबीच सांसद विकास कोष (प्रदेश संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम) तीन करोडबाट बढाएर पाँच करोड पुर्‍याउने सहमति भएको छ ।

शनिबार दिउँसो सरकार र सत्तारुढ दलका नेताहरुबीच भएको छलफलमा उक्त सहमति भएको एक सांसदले बताए ।सरकारको नेतृत्व गरेको दल कांग्रेससहित सबै सत्तारुढ दलहरुले बजेट पारित नगर्ने भन्दै सरकारमाथि दबाब बढाएपछि सरकार बजेट थप्न सहमत भएको हो । बैठकमा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट, उपनेता अक्कल रावल, प्रमुख सचेतक मानबहादुर धामीलगायतका सांसद थिए ।

नागरिक उन्मुक्ति पार्टीका नेता घनश्याम चौधरी, रामेश्वर चौधरी, कैलाश चौधरी, खुसीराम चौधरी लगायतका सांसद थिए । एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी र प्रमुख सचेतक प्रकाश रावल थिए । उनीहरु तीनै दल सत्तारुढ घटक हुन् । यसअघि उनीहरुले यथास्थितिमा बजेट पारित नगर्ने निर्णय नै गरेका थिए । उनीहरुबीच छलफलकै कारण प्रदेशसभा बैठक निर्धारित समयमा बस्न ढिलाई भएको छ । बैठक साढे ३ बजेका लागि आह्वान गरिएको थियो ।

Nabintech