१२ मंसिर २०८१, बुधबार
कोहलपुरमा रुकुमेली सेवा समाज गठन

रुकमेलीहरुको हक हितका निम्ति समाज गठन


  • टाइम्स संवाददाता

  • ३० असार २०८०, शनिबार १८:१५

कोहलपुर, बाँके:बाँके जिल्लाको कोहलपुर नगरपालिकामा नगर स्तरीय रुकमेली सेवा समाज गठन गरिएको छ । आज शनिबार कोहलपुर नगरपालिकाको नगर हलमा भेला भएका रुकमेलीहरुको भेलाले प्रताप देवकोटाको अध्यक्षतामा २० सदस्यीय कोहलपुर नगरपालिका स्तरीय रुकुमेली सेवा समाजको कार्य समिति गठन गरेको हो ।

रुकुम जिल्लाबाट बसाई सरी कोहलपुर नगरपालिका भित्र बसोबास गर्ने सम्पूर्ण रुकुमेलीहरुलाई एकत्रित गर्दै एक अर्काका सुख दुःखमा साथ दिने उद्देश्यले आयोजना गरिएको जेष्ठ नागरिक भुवनेश्वर शर्माको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि पुर्ब संसद कृष्ण प्रसाद गौतम रहेका थिए ।

कार्यक्रमको बिशिस्ट अतिथि पुर्ब संसद पार्वती पुन उषा रहेको उक्त भेलाको सहजीकरण केशव शर्मा गौतमले गरेका थिए। भेलामा सहभागी बक्ताहरुले रुकमेली सेवा समाज कुनैपनी राजनीतिक उद्देश्यले प्रेरित नभई बिशुद्ध सामाजिक र सेवामूलक भएको बताएका छन ।

रुकुमबाट बााकेको कोहलपुरमा आई बसोबास गर्ने रुकमेलीमाझ आपसि भाईचारको सम्बन्ध कायम राख्दै रुकमेली कला, संस्कृती , परम्परा र रितिरीवाजको समेत जर्गेना गर्दै रुकमेलीहरुको हक हितका निम्ति समाज गठन गरिएको रुकमेली सेवा समाज आजै छनौट भएका नगर अध्यक्ष प्रताप देवकोटाले बताए ।

Nabintech