तपाईलाई खुला पत्र लेखेको झन्डै एकपर्ष पछि फेरि त्यहीँ बिषयमा दुई शब्द कोर्न बाध्य भए। भगवान सग प्रार्थन गरेको थिए फेरि यो मेरो कलमले यो बिषय नलेखोस। तर फेरि आज बाध्यता आइलाग्यो।
आदरणीय मेयर साब !
असार ३०/ २०८०मा तपाईंले कार्यपालिका बाट एउटा निर्णय गर्नु भएछ, सोह्र जना स्वास्थकर्मी फिर्ता गर्ने निर्णय । बहुत राम्रो निर्णय ! एउटा महान नेताले गर्ने निर्णय ! म त खुसीले नाचे, उफ्रीय, चिच्याय, हाम्रो मेयर साब जिन्दावाद ! हाम्रो मेयर साब अमर रहुन !
तीनीहरुलाई डाडा कटाउनै पर्छ , झोला बोकाउनै पर्छ कहिल्यै कोहलपुर नफर्किने गरि। तीनीहरु सामन्तवादका अवशेष हुन, शोषक हुन, जमिनदार हुन, उद्योगपति हुन । तीनीहरु त रोजिरोटीको लागि कहाँ जागीर खाना गएका हुन र तपाईंको सत्ता ढलाउन, समृद्धि रोक्न, बाटो छेक्न गएका हुन । तीनीहरु त शकुनि हुन शकुनि, तपाईंको बाटो कुर्ने शकुनी !
तपाईंको गलामा भएको रुद्राक्षको कशम ! तीनीहरुको भावी तीन पुस्ताले कोहलपुर टेक्न नपावस, हेर्न नपावस।
तपाईंको साम्राज्य भत्काउन खोज्ने यी त देश द्रोही हुन।
तीनीहरुले सजाय पाउनै पर्छ, भोग्नै पर्छ। कसैले तीनीहरुको वकालत गर्छ भने हामीलाई भन्नुहोस् तपाइँको पक्षमा सतिसाल झै उभिन्छौ।
ती मध्य एकजना विलाउन गर्दै थिइन । खजुरा, जानकी, नेपालगन्जले लखेटेन हाम्रो मेयर लाई के भएको ? मैले त उनलाई थर्काइ दिए , अन्यत्रको कुरा गरेर हुन्छ।
काठमाडौमा त बालेनले सबै खपत गरेर तीनसय पचास स्वास्थ कर्मी अरु थपे। बालेन जस्तो लुते मेयर हो र हाम्रो।
दुर्गम नेपाललाई एम्बुलेन्स दिने बालेन जस्तो मानवता बिरोधि हो र हाम्रो मेयर ? मैले भनिदिए तपाईं कोहलपुर बाट जानै पर्छ । विकास रोक्न पाइन्छ, बाटो छेक्न पाइन्छ, मेयर साबको साम्राज्यमा धावा बोल्न पाइन्छ ?
उनी ले आफ्नो दुधे बालक देखाउदै भनिन, यो बच्चा कहाँ लिनु ? जानेठाउ कहिँ खाली छैन ।राजनीति सामाज सेवाको लागि हैन र सर ? मलाई हासो लाग्यो ! तिमी कस्ती बेवकुफ ? राजनीति सत्ता कब्जा गर्न गरिन्छ । बिरोधिको ढाड सेक्न गरिन्छ। तिमी जस्तै अत्याचारीको मुन्टो न्याक्न गरिन्छ। तिमी जान्ने भएर माहामारीमा ज्यान फाली – फाली काम गर्ने । सुत्केरी र जेष्ठ नागरिकको घर – घर कुदेर सेवा दिने । यो सत्ता हो सत्ता ! स्थानीय सत्ता !
अर्कि अझै जान्ने भएर भन्दै थिइन । आखिर कर्मचारी त अहिले पनि त अपुग छ त सर । मलाई रिसको पारो चढ्यो, ती महिलालाई पिटु – पिटु भयो र झर्किदै भने, तिमी धेरै जान्ने नबन त यो युरोप, अमेरिका होर सिस्टम्मा चल्नलाई , हेर यो नेपाल हो । यहाँ राजनीति आफन्त पोष्न गर्ने हो । कार्यकर्ता पाल्न गर्ने हो । देश लहडमा चल्छ ।
अफ्रिकी नेता नेल्सन मण्डेला जस्तो बनेर हुन्छ ? आफू जेलमा हुदा यातना दिने पुलिसलाई चिया नास्ता खुवाउने । सत्ताइस बर्ष जेलमा सडाउने निर्दयी सत्ता सग वैरभाव त्यागेर हातेमालो गर्दै अगाडी बढ्ने ।
यो कुरा हामीलाई किमार्थ स्वीकार छैन ! तीनीहरुलाई लखेट्नै पर्छ ! तीनीहरु लखेटिए भने चोक- चोक उज्याला हुनेछ्न । कुना कन्दरा झकमक हुनेछन् । घर- घर पुग्ने बाटो पिच हुनेछ।फ्री वाइफाइ हुनेछ, निशुल्क खानेपानी पाइनेछ। रोजगारीको बाढी आउनेछ। हावार्ड र आक्सफोर्डलाई चुनौती दिने विश्वविद्यालय हुनेछ्न । कोही भोको हुनेछैन, कोही नाङ्गो रहनेछैन । तीनीहरुलाई किन नलखेट्ने? यो नगरका परम शत्रु तिनी हुन। पुलिस लगाएर लखेट्नु पर्छ। लौरो ठटाएर लखेट्नु पर्छ।
एउटा मन्त्री मन्त्रालय छोड्दा आसु झार्दै थिइन एकदिन । त्यो सम्झेर तपाईं भावुक नबन्नु, तपाईंको यो सत्ता आजिवन हो । कहिल्यै छोडनु नपर्ने । कहिल्यै त्याग्नु नपर्ने । फलाम जस्तै कडा बन्नुहोस । चट्टान जस्तै चट्टानी अडान लिनुहोस ! कसैको मलामी जादा जिन्दगी क्षणभङ्गुर रहेछ नसोच्नुहोला । तपाईंसग हजार बर्षको आयु छ। के गर्नसक्छन ती नाथेहरुले तपाईंलाई ?
दुनियाँमा चर्चिल ढले, हिटलर ढले, मुसोलिनी बोनापार्ट ढले । तपाइँ ढल्नु पर्दैन । यहाँ बुद्ध मरे, महावीर मरे, क्राइस्ट मरे तर तपाईं अमर हुनुहुनेछ। तपाइँ , चर्चिल, हिटलर, मुसोलिनी जस्तो, बुद्ध, महावीर र क्राइस्ट जस्यो मरणसिल हैन, नाशवान हैन। सत्ताको रापताप सधैको लागि हुन्छ। शक्तिको उन्माद सधैंको लागि रहन्छ ।
ठोक्नुहोस मेयर साब सके जति ठोक्नुहोस। हिजो सत्ता तिर हेर्नेलाई राणाले सिध्याए, पन्चले सिध्याए आज तपाईं किन नसिध्याउने ? सबैलाई समान व्यबहार किन गर्ने ? सबैको अभिभावक किन बन्ने ?
सत्ता कति निर्मम हुन्छ भन्ने कुराको पुष्टि गर्नुछ। सत्ता र शक्तिले मानिस अन्धो हुन्छ भन्ने प्रमाण दिनुछ। तीनीहरुका परिवार चिल्लीबिल्ली पारिदिनुहोस । तपाईंलाई कसले छेक्न सक्छ, कस्ले रोक्न सक्छ?
मानवतालाई भुलिदिनुहोस। हिजो जङ्ग बहादुर बस्नेतहरु सिध्याएर शक्तिशाली बने । पृथ्वीनारायणले नेवारका नाक काटेर बडामहाराज बने । तपाईं खुट्टा नकमाउनुहोस ! ठोक्नुहोस मेयर साब ठोक्नुहोस !
हजुरको जय होस ।