कोहलपुर, बाँके: बाँकेको कोहलपुर नगरपालिका अन्तरगत बिभिन्न स्थानमा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ । कोहलपुर ११ मा भएको बाईक दुर्घटनाबाट नेपालगञ्ज १८ का सुभास राई र कोहलपुर ४ बेलनपुरमा सिक्टा सिँचाई आयोजनाको नहरमा डुबेर २३ वर्षीया तारा बस्नेतलक्ष्मी रहेको प्रहरीले जनाएको छ ।
शनिवार साँझ कोहलपुर ११ पिपलचौतरामा बाईक दुर्घटनामा परेका अन्दाजि ३० बर्षिय राईको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो । रत्न राजमार्गमा भे७प ७११६ नम्बरको बाईक हाकिरहेका राई अनियन्त्रित भएपछि बाईक दुर्घटना घएको प्रत्यक्षदर्शिरुले बताएका छन ।
यसैगरि कोहलपुर ४ बेडनपुरमा रोपाई सकेर नुहाउने क्रममा शनिबार बैजनाथ ३ की बस्नेतको मृत्यु भएको हो ।
उनीसहित तीन जना सिक्टाको नहरमा नुहाउन गएका थिए । अन्य दुई जना भने सकुशल छन । दुबै जनालाई पोष्टमाटमका लागि भेरी अस्पताल नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।