भारत:भारतको पूर्वी राज्य विहारमा चट्याङ लागेर कम्तीमा २२ जनाको मृत्यु भएको सरकारी टेलिभिजन जनाएको छ। चट्याङसहित परेको भारी वर्षाका कारण शुक्रबार राज्यका केही भाग प्रभावित भएका छन्।
भारतीय मौसम विज्ञान विभागले आगामी दिनमा विहारको पूर्वी भागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। वर्षाको समयमा घरबाहिर ननिस्कन पनि सचेत गराइएको छ।
सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले प्रशारण गरेका समाचारअनुसार सन् २०२२ मा भारतमा चट्याङ लागेर ९०७ जनाको मृत्यु भएको थियो।
दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ३३ जनाको मृत्यु भएको छभने अन्य १० जना बेपत्ता भएका छन्। सरकारी अधिकारीहरूका अनुसार उत्तरी ग्याङसङ प्रान्त र मध्य चुङचेङ प्रान्तमा उनीहरूको मृत्यु भएको हो।
कोरियामा भीषण बाढी, तेत्तीस जनाको मृत्यु
पछिल्ला दिनमा लगातार परेको वर्षाले देशभरका अधिकांश भूभाग डुबानमा परेका छन्। गत साता ५०० मिलिमिटरभन्दा बढी वर्षा भएको अभिलेख गरिएका प्रदेशहरूमा भारी वर्षाको चेतावनी जारी गरिएको थियो।
उत्तरी ग्योङसाङ प्रान्तमा दश जना बेपत्ता छन्। बाढी, घर भत्किँदा र पहिरोमा परेर मुलुकभर ज्यान गुमाउनेको संख्या बढेको छ। मध्य शहर ओसोङमा बाढीले बगाएको भूमिगत सुरुङमा फसेका सवारीसाधनबाट गत राति सातवटा शव निकालिएको थियो।
अविरल वर्षाबाट प्रभावित १३ वटा शहरका सात हजार आठ सय६६ जनालाई विस्थापित भएका छन्। सार्वजनिक सुविधाहरूको क्षतिको संख्या एक सय ४९ पुगेको छ। सडक भत्किएका छन् भने सवारी साधन बगेका छन् जताततै बाढीको विनाशमात्र देख्न सकिन्छ।