काठमाडौं: भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची बनाएको छ । इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोलको मूल्य घटेर आएको छ भने डिजेलको बढेको छ । पेट्रोलको मूल्य प्रतिलिटर ३४ पैसाले घटेको छ । यस्तै, डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ ।
नेपाल आयल निगम सञ्चालक समिति बैठक बैठक बसेर भारतबाट आएको मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने तयारी छ ।