१० मंसिर २०८१, सोमबार
बिद्यार्थीका लागि आर्कषक गन्तब्य बन्दै कोहलपुरको तक्षशिला एकेडेमी

एसईई सकेर मोटो रकम खर्चेर राजधानि जाने परम्परालाई तोडनकै लागि होटेल म्यानेज्मेन्ट र कम्प्युटर साईन्सका कक्षाहरु सञ्चालनमा


  • टाइम्स संवाददाता

  • ३१ असार २०८०, आईतवार १४:१०

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा रहेको तक्षशिला एकेडेमीमा बौद्धिक एबं ब्यबसायिक ब्यक्तित्वहरुको लगानि, स्तरीय पढाई र बाताबरण अनुकुल शैक्षिक आगन भएकै कारण पनि यस क्षेत्रका बिद्यार्थीहरुका लागि आकर्षक गन्तब्य बन्दै गएको छ ।

एसईई सकेर बसेका बिद्यार्थीका लागि म्यानेज्मेन्टमा होटेल म्यानेज्मेन्ट र कम्प्युटर साईन्सको अध्यापन हुने यस बिद्यालयमा कितावी कीरो भन्दा पनि प्रयोगात्मक अभ्यासका कक्षाहरु समेत हुने गरेका छन ।

प्लस टु सकेर अस्ट्रेलिया, क्यानडा जस्ता देशहरुमा गएर उच्च शिक्षा लिन चाहने बिद्यार्थीहरुलाई ब्यबहारीक ज्ञान, सिकाई र शिपले सहयोग गर्न साहयक सिद्ध हुने भएकाले पनि आजभोलि बिद्यार्थीहरुको रोजाई प्राय: होटेल म्यानेज्मेन्ट र कम्प्युटर साईन्स हुने भएकाले  तक्षशिलामा अध्यन गर्न आउनेहरुको अनुभव रहेको छ ।

परम्परागत शिक्षण सिकाइभन्दा माथि उठेर सुविधा सम्पन्न पूर्वाधार र व्यवहारिक शिक्षालाई महत्व दिने ध्ययका साथ २०७३ सालमा कोहलपुर १० बिद्यानगरमा स्थापना भएको तक्षशिला एकेडमीले २०७७ सालदेखि ‘प्लसटु’ का कार्यक्रम सञ्चालन गर्दै आएको बिद्यालयका अध्यक्ष बिष्णु प्रसाद वेल्बासे बताउनुहुन्छ ।

होटेल म्यानेज्मेन्ट र कम्प्युटर साईन्सका लागि प्रयाप्त ल्याबको समेत ब्यबस्था रहेको यस बिद्यालयमा आवासिय रुपमा रहेर अध्यन गर्न चहानेहरुका लागि समेत राम्रो प्रबन्ध रहेका कारण पनि आफुले तक्षशिला एकेडेमी नै रोजेको  छात्रा बन्दना शाहले बताईन ।

एसईई सकेर मोटो रकम खर्चेर राजधानि जाने परम्परालाई तोडनकै लागि आफुहरुले होटेल म्यानेज्मेन्ट र कम्प्युटर साईन्सका कक्षाहरु सञ्चालनमा ल्याएको बताउदै अध्यक्ष वेल्वासेले बिद्यालयमा स्विमिङ पुल, बगैचा तथा खेल मैदानको समेत ब्यबस्थापन गरेको बताउनुहुन्छ ।
आफूहरुले विद्यार्थी र अभिभावकबीचको अन्तरक्रियालाई प्राथमिकता दिंदै आएको र अभिभावकको सुझाव रायलाई फलो गर्दै शैक्षिक गुणस्तरलाई बढाउने काम बिद्यालयले गरिरहेको अध्यक्ष वेल्वासे बताउनुहुन्छ।

अभिभावकको अपेक्षा, समय र विद्यार्थीको आवश्यकता अनुसारको शैक्षिक वातावरण निर्माण गर्ने अभियानमा तक्षशिला जिम्मेवारपूर्णरुपले शिक्षण सिकाइ गरिरहेको उहाको भनाइ छ । तक्षशिला पश्चिम क्षेत्रको नमुना विद्यालय बनाउन शिक्षक, अभिभावक सक्रिय रहेको भन्दै बिद्यालयका प्रिन्सिपल मकुुन्द्र बिक्रम शाहले शैक्षिक अभियानलाई उचित स्थान प्रदान गर्न लगानिकर्ता, शिक्षक कर्मचारी एबं बिद्यालय ब्यबस्थापन समितीले बेला बेलामा अभिभावकहरुको घर घरमा गएर पनि बालबालिकाको घरमा गर्ने बानि ब्यहोरा,र शिक्षाका बिषयमा चासो  समेत अध्यन अबलोकन गर्ने गरेको बताउनुहुन्छ ।

 

Nabintech