९ मंसिर २०८१, आईतवार
बांके जिल्लामा पहिलो पटक ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टम प्रणाली लागु हुदै

  • टाइम्स संवाददाता

  • ३१ असार २०८०, आईतवार १४:५१

बाँके:बाँकेमा बढ्दै गएको सवारी दुघृटना र मापसे बापत संकलन हुने राजस्व अब सिधै बैकमा जम्मा गर्न सकिने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले आर्थिक बर्षको सुरुवात संगै लागु गर्न लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए । ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टमबाट राजश्व बुझाउन सकिने छ उहाँले बताउनु भयो । बांके जिल्लामा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुर, अस्थाई ट्राफिक प्रहरी पोष्ट नेपालगंज र चिसापानीमा ट्राफिक प्रहरीबाट हुने कारवाही तथा राजश्व ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टम बाट हुने हुदाँ अनलाईन(इसेवा, फोन पे, कनेक्ट आइृपीएस र मोबाइल बैंकिङबाट गर्न सकिने छ ।

सथै ट्राफिक प्रहरीको अनलाईबाट भुक्तानि गर्न इच्छुक नभएका ब्यक्तिहरले राष्ट्रिय वाणिज्य बैंकमा भौचर मार्फत रकम भुक्तान गरी सम्बन्धीत कार्यालयमा राखिएका आफ्ना कागजपत्र लिन सकनेछन । साथै मापसेमा परेका ब्यक्तिहरुले आफ्ना कागजात लिनका लागि प्रत्येक दिन हुने कक्षा मा अनिवार्य सहभागिता हुनुपर्ने छ । सो कक्षा दैनिक बिहान ८ बजे संचालन हुदै आएको समेत सुनारले जानकार दिए । यो सेवा लुम्बिनी प्रदेशका बाँके, दाङ र रुपन्देही जिल्लामा श्राबण सोमबारदेखि संचालन हुन लागेको हो । जसले गर्दा ट्राफिक प्रहरीको कार्यालयमा पुग्नु पर्ने बाध्यताबाट सवारी चालकहरु झन्झटबाट मुक्त हुने छन भने सवार चलाउदा अनिवार्य कागजात बोक्नुपर्ने बानीको विकास समेत गर्नु आबश्यक रहेको छ ।

Nabintech