९ मंसिर २०८१, आईतवार
जनप्रतिनिधी नै खानेपानीको चुनावी प्रचार प्रसारमा

दलहरुको भागभण्डामा पर्दा खानेपानी भित्र चरम बेतिथी, अनियमितता र भ्रष्टाचार भएको प्रतिबेदन सार्वजनिक भएको थियो


  • टाइम्स संवाददाता

  • २ श्रावण २०८०, मंगलवार ११:४१

कोहलपुर,बाँके:कोहलपुरमा अनियमितता र बेतिथीको चाँगसंग रुमल्लिदै आफनो शाख गिराएको कोहलपुर साना शहरि खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाको आसन्न चुनावका लागि सिंगो नगरपालिका नै एक अमुक पार्टिको चुनाव प्रचार प्रसार गर्न थालेपछि अहिले सर्बत्र आलोचना भई रहेको छ ।  नगर प्रबक्ता  वडा नं. १४ का वडा अध्यक्ष नम प्रसाद आले मगरको तस्विर राखिएको  प्रबक्ता कोहलपुर नगर पालिका भन्ने फेसबुक पेजबाट निर्धक्क नेपाली काङ्ग्रेसका उम्मेदवार टेक नारायण भुसालको टिमलाई जिताउन भन्दै सबैसंग निर्लज्ज अपिल  गरेका छन । उक्त अपिलले कोहलपुर नगरपालिकाका तर्फबाट नै उम्मेदवार खडा गरिएको हो की भन्ने भ्रम सिर्जना भएको छ ।

एउटा जनप्रतिनिधी त्यसमा पनि नगर प्रबक्ता  आलेले आफनो पदिय मर्यादा समेत भुलेर अमुक पार्टिको प्रचार गरेपछि सामाजि सञ्जालमा थप आगोमा घिउ थप्ने काम भएको छ । आफनो पहुच र पावरको दुरुपयोग जे गर्दा नि हुन्छ भन्ने मत्ता हात्तिको सोचमा हिडेका आलेप्रति आक्रोस पोख्दै सर्बसाधारण भागिराम वलि लेख्छन् नैतिकता भएपछि जननिर्वाचित जनप्रतिनिधि सबैको साझा बन्नुपर्छ र हुनुपर्छ । यहि संस्कार र प्रवृत्तीले राजनीतिमा वितृष्णा बढेको हो । खानेपानी जस्तो सार्वजनिक संस्थानमा संस्थाको कार्य समिति चयनको प्रकृयामा यसरी पालिकाको प्रवक्ताको आईडिबाट पोष्ट हुनर गर्नु गम्भीर त्रुटिपूर्ण छ । यस कार्यको घोर भत्सर्ना गर्दछु । यसैगरि लोकेन्द्र खत्रिले नगरपालिकाको प्रबक्ताको आधिकारिक फेसबुक पेजबाट एउटा संस्थाको चुनाबमा अमुख नेताको प्रचार गरिनु गलत कार्य हो ,पदिय मर्यादा कायम गरौ भन्दै सुझाव दिएका छन ।

कोहलपुर नगरपालिका को प्रबक्ता नामक आईडी बाट पोस्ट गरिनु निन्दनीय र अनैतिक कार्य हो नगरपालिका नै काङ्ग्रेस पालिका भैसक्यो बिरेन्द्र सुबेदीले कमेन्ट गर्दै आफनो बिचार ब्यक्त गरेका छन ।
लेख क्षेत्रिले सही तर जस्को शक्ति उसैको दम्भ प्रदर्शन हुने हाम्रो देशमा यो विषय नै होइन् किन भने कुनै पनि राजनीतिक दल यसबाट खानेपानी अछुतो छैनन्भन्दै रोष पर्कट गरेका छन । यस बिषयले नगर प्रबक्ताको भने छाला छेडने गरि आलोचना भएको छ । उनीमाथि चेतनाको स्तरमा समेत प्रश्न उठेको छ भने उनले विवेक र नैतिकताको प्रयोग गरि प्रबक्ताबाट बिदा लिन सुझाव दिएका छन ।

कार्यपलिका सदस्य सुधन ढकालले पत्रकारहरुलाई बोधार्थ लेख्दै नगर पालिकाको हरि बिजोग, यो कस्तो जिम्मेवारी हो प्रबक्ता ज्यु बिश्वास त फरक-फरक हुन्छ तर म को हु ?  मेरो जिम्मेवारी के हो ? मैले के गर्न हुन्छ! हुदैन भन्ने त हेक्का हुनुपर्छ . तपाईं पार्टीको प्रबक्ता हो कि कोहलपुर नगरपालिका को भन्ने प्रश्न गर्दै अनि मेरो प्रश्न यो पदिय मर्यादा भन्दा बाहिर गएर यस्तो खाले अभिव्यक्ति दिनेलाई कानुन कार्बाहि हुन्छ कि नाइ भनेर पनि कस्लाइ पो हो भन्दै प्रतिप्रश्न गरेका छन ।

यस अघि कोहलपुर खानेपानीको नेतृत्व नेपाली काङ्ग्रेस नर बहादुर मल्लले लिएका थिए । आठ बर्ष सम्म साधारण सभा गराउन नसकेका मल्लले जन दवाफ पछि बल्ल तल्ल साधारण सभाको आब्हान गरि नयाँ नेतृत्व चयणको चरणमा खानेपानी उपभोक्ता संस्था पुगेको अबस्थामा फेरी पनि दलिय सिण्डीकेट बमोजिम निर्बाचन तयारी हुदै गर्दा दलगत नेतृत्व रहंदा सम्म खानेपानीमा बेतिथी र भ्रष्टाचार रोकिनेमा आम नागरिकहरुले आशंका गर्दै आएका छन ।

यस अघि कोहलपुरका दलहरुको भागभण्डामा पर्दा चरम बेतिथी, अनियमितता र भ्रष्टाचार समेत भएको छानबिन समतीको प्रतिबेदनले औंल्याएको छ । सबै दल मिलेर अबरोध गरेका भन्दै काम चलाउ अध्यक्ष नर बहादुर मल्लले अदालतमा मुद्धा समेत दायर गरेका थिए तर अदालतले स्टे अर्डर दिन अस्विकार गरेपछि खानेपानीको निर्बाचनको बाटो खुलेको हो ।

कोहलपुर नगरपालिकाका प्रबक्ताले यसरी सार्वजनिक रुपमा अमुक पार्टिका उम्मेदवारका पक्षमा सार्वजनिक अपिलले निर्वाचन समेत निश्पक्ष हुनेमा आसंका उब्जिएको छ ।

दलहरुले आफनो तर्फबाट उम्मेदवारी दिंदै गर्दा स्वतन्त्र अभियान चलाएका युवाहरुले समेत आफनो उम्मेदवारी रहने जनाउदै आएका छन । निर्वाचनको कार्यक्रम घोषणा नभएका कारण आफुहरुले उम्मेदवारी बाहिर नल्याएको भन्दै कोहलपुर १० का संजय मण्डलले अबको निती र नेतृत्व तहमा बालेन साह, हर्क साङपाङ र गोपाल हमाल जस्ता ब्यक्तिहरु नआउदा सम्म नयाँ बोत्तलमा पुरानो मदिरा जस्तै किस्सा दोहरीरहने जिकिर गर्छन ।

Nabintech