९ मंसिर २०८१, आईतवार
दोहोरो सहमतिमा आएका स्वास्थ्यका कर्मचारी घर न घाटका

कोहलपुर स्थानिय सरकारका शासक क्रुर, निरंकुश र स्वईच्छाचारी बन्दै


  • टाइम्स संवाददाता

  • २ श्रावण २०८०, मंगलवार १९:३९

कोहलपुर :कोहलपुर नगरपालिकामा दोहोरो सहमति गरि आएका कोहलपुर नगर भित्रका स्वास्थ्यका कर्मचारी यतिबेला घर न घाटका भएका छन । अघिल्लो लुट बहादुर रावत प्रमुख रहेको स्थानिय सरकारले कोहलपुरका बिभिन्न स्वास्थ्य संस्थामा राख्ने गरि दोहरो सहमतिबाट ल्याएका स्वास्थ्यका कर्मचारीहरुलाई फाजिल भन्दै बर्तमान पुर्ण आचार्यको स्थानिय सरकारले संघमै फिर्ता जाने भन्दै कर्मचारीहरुको मनोबल गिर्नेगरि राजनैतिक प्रतिशोधपुर्ण तरीकाले १६ जना कर्मचारीको फिर्ता बिबरण भन्दै सार्वजनिक गरेपछि स्वास्थ्यका कर्मचारीहरुमा अन्योलता छाउनुका साथै आफुहरु घर न घाटका भएको बताउन थालेका छन ।

उनीहरुले आफु आएकोे ठाउमा बुझदा खालि नभएको र हाजिर गराउन नसक्ने भन्ने जवाफ आउन थालेपछि आफुहरु घर न घाटको अबस्थामा पुगेको स्वास्थ्यकर्मिहरुले बताएका छन । एता कोहलपुर नगरले समेत हाजिर गर्न नदिने र रातो कलमले केरमेट गर्ने गरेको समेत दुखेसो पोखेका छन ।

आज कोहलपुरमा स्वास्थ्यकर्मि तथा बिभिन्न ट्रेड युनियनका नेताहरुसंगको बिशेष छलफल कार्यक्रममा नगरमा कार्यरत पिडित स्वास्थ्यकर्मिहरुले यस्तो बताएका हुन । सो अबसरमा स्थानिय कर्मचारी संघका लोकेन्द्र चन्दले स्थानिय सरकारले समाधानका उपाय नखोजेर फिर्ता पठाउने निर्णय गर्नु लज्जास्पद बिषय भएको भन्दै यस्तो प्रक्रियाले ”बुढि मरि भन्दा पनि काल पल्के”को प्रति कर्मचारीहरु ससंकित भएको जिकिर गरे । उनले हिज नगरमा एमालेको सरकार थियो आज काङग्रेसको सरकार छ भोलि अरु दलको सरकार होला भन्दै अघिल्लो सरकारको दायित्व नबोक्ने हो भने यो प्रबृत्ती भुसको आगो जस्तै संधैभरी लागि रहने चर्चा गरे ।

कर्मचारीहरुलाई आस्थाका आधारले हेरेर स्थानिय सरकारले आफुले निभाउने अभिभावकको भुमिकाबाट विमुख हुन खोजेको भन्दै स्थानिय सरकार प्रमुख अत्यन्त क्रुर र निरंकुश बन्दै गएको चर्चा गरे । उनले देश संघियतामा गईसकेपछि पनि संघियताको मर्म अनुरुप नहिडेर स्थानिय सरकार स्वइच्छाचारी र कठोर संघियता बिरोधिको पथमा लागिरहेको बताए ।

स्थानिय स्तरमा दरबन्दि खडा गर्ने, निजामति ऐन बनाएर कार्यान्वयनमा ल्याउनुको साटो लोक सेवा पास गरेर आएका कर्मचारीहरुलाई संघले गरेको परिपत्रलाई अप ब्याख्या गर्दै फादिल भनिनु निचताको पराकाष्ठा भएको औंल्याए । नगरपालिकाका कार्यकारीले शिक्षा र स्वास्थ्यका कर्मचारीहरुलाई कर्मचारी नै नभन्ने परिपाटिकै कारण कर्मचारीहरुले बेला बेला दुख पाउनु परेको बताउदै अब तार्किक निष्कर्षमा नपुगुञ्जेल आन्दोलन र अदालतले मात्र आफना समस्याहरु संबोधन हुनेमा विश्वास ब्यक्त गरे ।

जनप्रतिनिधि हु भन्ने तर स्वास्थ्य सेवा जस्तो आधारभुत अधिकारका निम्ति भोक प्यास र महामारी नभनि दिलो ज्यानका साथ खटेका स्वास्थ्यका कर्मचारीहरुलाई बारम्बार प्रहार गरिनु दु:खत बिषय भएको औंल्याउदै करार र ज्यालादारीलाई तलव खुवाउन सक्ने स्थानिय सरकारले स्थायी र लोक सेवा पास गरेकालाई किन तलब खुवाउन नसक्ने हो प्रति प्रश्न समेत गरे ।फाजिल भन्दै कर्मचारी हटाएर आफना र आफन्ति भर्ना  गर्न नगरले नाटक मञ्चन गरि रहेको जिकिर गरे ।

नेपाल ट्रेड युनियन महासंघ जिफन्टका केन्द्रिय सदस्य पुर्ण केसिले स्थानिय सरकारको बदमासि र चलाखिपुर्ण यो कार्य प्रति असन्तुष्ट जनाउदै यस्तो प्रतिशोधले नेताहरुलाई दिर्घकालिन रुपमा असर पर्ने बताए । उनले कर्मचारीहरु चोर बाटोबाट आएका हैनन सरकारको दायित्व ब्यबस्थापन गर्ने हो तर स्थानिय सरकार स्वार्थलिप्सामा रुमलिंदै कर्मचारीहरुलाई दुख दिई रहेको चर्चा गरे ।

कार्यक्रममा नेपाल ट्रेड युनियन काङग्रेसका बाँके जिल्ला अध्यक्ष राम बहादुर हमाल, बिभिन्न टेड युनियन घटकका राजेन्द्र सिह, देबेन्द्र कुमार केसि र राजन शाहिले समेत कर्मचारीका हकहित र आगामि रणनितीका बारे चर्चा गरेका थिए ।

स्मरण रहोस तत्कालिन अबस्थामा रावत सरकारले कोहलपुर नगरका ३ वटा संस्था रहेकै बेला दोहोरो सहमतिमा स्वास्थ्यका कर्मचारी झिकाएको थियो । सोह ३ संस्थालाई मात्र गनना गरेर अहिलेको आचार्यको स्थानिय सरकारले १६ जना कर्मचारीहरुलाई फाजिल भन्दै आएको छ तर हाल नगर भित्र एक अस्पताल सहित १२ स्वास्थ्य संस्था रहेका र फाजिल भनिएका कर्मचारीहरुलाई काममा खटाउदा पनि अझै १० , १२ जना स्वास्थ्यकर्मि कमि हुने देखिन्छ ।

२०७४ देखि यता बनेका स्वास्थ्य संस्थामा राख्ने भनेर अघिल्लो सरकारले दरबन्दि समेत पास गरिसकेको सन्दर्भमा बर्तमान सरकारले बिभिन्न ऐन बनाई कर्मचारी ब्यबस्थापनका लागि पहल गर्नुपर्नेमा सो नगरेको पिडित स्वास्थ्यकर्मिहरुले बताएका छन ।

Nabintech