९ मंसिर २०८१, आईतवार
कोहलपुर खानेपानीमा भुषाल र खनाल बिच भिडन्त हुने

यस अघिको कार्यसमितीको ऋणको भार बोकेर नयाँ कार्य समितीले रातारात परिवर्तन ल्याउला भन्नेमा भने उपभोक्ताहरु ससंकित


  • टाइम्स संवाददाता

  • ३ श्रावण २०८०, बुधबार ०८:२४

कोहलपुर,बाँके:७ बर्ष पछि साधारण सभा गरि निर्वाचन प्रक्रियामा गएको कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आसन्न निर्वाचनमा काँग्रेसको तर्फबाट टेक नारायण भुषाल र चार दलिय गठबन्धनका तर्फबाट रुद्र प्रसाद खनाल बिच भिडन्त हुने देखिएको छ ।

स्थानिय तहको जस्तै तामाझमका साथ कोहलपुरका राजनैतिक दलहरुले कोहलपुरमा रहेको साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आसन्न हुन गईरहेको चुनावका निम्तिी आ आफना उम्मेदवारहरु घोषणा गरेका छन ।

नेपाली काँग्रेसको तर्फबाट टेक नारायण भुषालको नेतृत्वमा प्यालन सहित उम्मेद्वारी घोषणा गरिएको छ भने नेकपा एमाले, नेकपा माओबादि केन्द्र, नेकपा एकिकृत समाजबादि र राप्रपाले गठबन्धन गर्दै रुद्र प्रसाद खनालको नेतृत्वमा उम्मेदवारी घोषणा गरेको छ ।
नेपाली काँग्रेस कोहलपुर नगर कार्य समितिले आयोजना गरेको उम्मेद्वारी घोषणा सभाबाट अध्यक्षमा टेक नारायण भुषाल, उपाध्यक्षमा बिर बहादुर विष्ट, सचिवमा गोविन्द वाग्ले, कोषाध्यक्षमा धुव्र आचार्य, सह–सचिवमा ईश्वर शर्मा, सह–कोषाध्यक्षमा बालकुमारी सापकोटा, सदस्यहरुमा झग्गु वली, गंगा सापकोटा तथा चक्रदिप शाह छन् ।

यसैगरि चार दलिय गठबन्धनका तर्फबाट अध्यक्षमा रुद्र खनाल,उपाध्यक्ष याम बहादुर रावत, सचिब बल बहादुर खड्का (अबिरल), कोषाध्यक्ष नारायणी वलि,स कोषाध्यक्ष प्रेम पान्डे,सदस्यहरुमा अन्जना बिक,मेनुका न्यौपाने,केशब पोखरेल, दुर्गा काफ्ले, लाल बहादुर बुढाथोकी र चन्द बहादुर जिसि रहेका छन । गठबन्धनले सह सचिवमा भने निर्वाचन कार्यक्रम प्रकाशित भएपछि मात्र नाम प्रकाशित गर्ने जनाएको छ ।

करिब ५२ सय उपभोक्ता भएको कोहलपुर बृहत खानेपानी तथा उपभोक्ता संस्थाको निर्वाचन साउन महिनाभित्र हुने भएको छ । यद्यपि निर्वाचनका कार्यक्रम भने सार्वजनिक गरिएको छैन । जनताको घर–घरमा सहज, सरल तथा नियमित खानेपानी उपलब्ध, संस्थामा सुशासन, पारदर्शिताका लागि भन्दै उम्मेदवारी दिएका दलहरुले भने यस अघिको कार्यकालमा आफनो विश्वसनियता भने गुमाई सकेका छन ।
संस्थामा चरम लापरवाहि र भ्रष्टाचार हुँदा समेत मुकदर्शक बनेका दलहरुले फेरी पनि प्यानल बनाई स्थानिय तहको जस्तै झल्को दिने गरि दिईएको उम्मेदवारीलाई अर्थपुर्ण तरीकाले हेरीएको छ । खानेपानीका तमाम समस्या हुदा पनि दलिय भागबण्डामा बनेको यस अघिको कार्यसमितीले आर्थिक प्रतिबेदन समेत गोलमोटल गरि ल्याएपछि छानबिन समिती समेत गठन भएको थियो । समितीले गलत औंल्याएका र बेतिथी भ्रष्टाचारका मुद्धालाई नजर अन्दाज गर्दै आएका दलहरुले कुन नैतिकताका आधारमा उम्मेदवारी दिएका हुन एजेण्डा गर्भगृहमै लुकेको छ ।

आम उपभोक्ताका समस्या समाधान गर्नुको साटो धाक धम्कि र आफनै बृत्ती विकासमा रकम खर्च गरेर खानेपानीलाई चुर्लुम्म डुवाएको यस अघिको कार्यसमितीको ऋणको भार बोकेर नयाँ कार्य समितीले रातारात परिवर्तन ल्याउला भन्नेमा भने उपभोक्ताहरु ससंकित रहेका छन ।
निर्वाचित गराएपछि ती भोटहरुमा कुल्चेर आलिसान जिवन बिताउनकै लागि खानेपानीमा जान मरीहत्ते गरेका भन्ने आम उपभोक्ताको बुझाई छ । यो बुझाई चिर्न राजनैतिक दलहरुलाई फलामका चिउरा चपाउन सरह हुने खानेपानी सेवाबाट प्रताडित भुक्तभोगिहरु बताउछन ।यता दल विहिन रुपमा स्वतन्त्र केहि युवाहरुको समुहले भने स्वतन्त्र युवाहरुको प्यानल बनाई खानेपानीको चुनावमा होमिने कसरत गरिरहेका छन ।

 

Nabintech