९ मंसिर २०८१, आईतवार
फाजिल भनिएका कर्मचारीहरुलाई राहत, मन्त्रालयले भन्यो ब्यबस्थापन गर्नु

स्थानिय सरकारले समाधानका उपाय नखोजेर फिर्ता पठाउने निर्णय गर्नु लज्जास्पद बिषय


  • टाइम्स संवाददाता

  • ३ श्रावण २०८०, बुधबार १८:४७

कोहलपुर,बाँके:कोहलपुर नगरपालिकाले स्वास्थ्यका कर्मचारीहरुलाई फाजिल भन्दै फिर्ता पठाउने गरेको निणर्य निर्णय गरेको मसि सुक्न नपाउदै तुहिएको छ । सङ्घीय मामला तथा सामान्य प्रसासन मन्त्रालयले श्रावण २ गते एक परिपत्र गर्दै कर्मचारी समायोजन ऐन २०७५ बमोजिम समायोजन भई कार्यरत रहेका कर्मचारीहरुलाई प्रचलित कानुनी ब्यबस्था बमोजिम समायोजन भएका कर्मचारीहरुलाई उक्त कानुनी ब्यबस्था प्रतिकुल हुने गरि फिर्ता गर्न नमिल्ने भन्दै स्वास्थ्यका कर्मचारीहरुलाई साविक बमोजिम हाजिर गराई ब्यबस्थापन गर्नु भन्ने परिपत्र आएपछि फाजिल भन्दै डंका पिटिएको र करारमा भर्ना गर्ने स्थानिय सरकारको सपना तुहिएको हो ।

मन्त्रालयका शाखा अधिकृत बाबुराम भट्टराईद्धारा हस्ताक्षरीत चलानि नं. १ को मन्त्रालयको पत्रले स्पष्ठ रुपमा ब्यबस्थापन गर्नु भनेपछि अब कोहलपुर नगरका स्वास्थ्यकर्मिहरुलाई समायोजन भई आएकै अड्डामा रहेर आफनो कामकाज गर्ने सहज बाटो खुलेको छ ।
स्थानिय सरकारले कोहलपुरका बिभिन्न स्वास्थ्य संस्थामा राख्ने गरि दोहरो सहमतिबाट ल्याएका स्वास्थ्यका कर्मचारीहरुलाई फाजिल भन्दै अपमान महशुस हुनेगरी पटक पटक संघमै फिर्ता पठाउने भन्दै कर्मचारीहरुको मनोबल गिर्नेगरि राजनैतिक प्रतिशोधपुर्ण तरीकाले १६ जना कर्मचारीको फिर्ता बिबरण भन्दै सार्वजनिक गर्दै आएको थियो ।

यति मात्र नभएर कोहलपुर नगर प्रशासनले कर्मचारीहरुलाई हाजिर गर्न नदिने , रातो लगाउने सम्मको हर्कत गर्दै आएकोमा अब यो मन्त्रालयको पत्रले बाध्यकारी रुपमा हाजिर गराउनुपर्नेछ । निर्णय गर्नु अघि अध्यनबिना हतार, हचुवा र राजनैतिक प्रतिशोधका साथ मन्त्रालयको परिपत्रलाई आफुखुसि ब्याख्या गर्दै नगरले १६ जना स्वास्थ्यका कर्मचारीहरुलाई फाजिल भन्दै नगर कार्यपालिकाको बैठकको निर्णय २ मा नामावलि समेत निकालेको थियो उक्त बैठकमा कोहलपुर नगरपालिका वडा नं. ३, ५ र ११ का वडा अध्यक्षहरु माधव रिजाल, दिपेन्द्र श्रेष्ठ र कल्पना अधिकारीले नोट अफ डिसेन्ट समेत गरेका थिए ।

यसरी कार्य पालिकाको बैठकबाट फिर्ता गर्ने निर्णय गरि हाजिर समेत गर्न नदिएका कर्मचारीहरुलाई स्थानिय सरकारले समाधानका उपाय नखोजेर फिर्ता पठाउने निर्णय गर्नु लज्जास्पद बिषय छदै थियो अब कसरी काममा लगाउछ सो भने हेर्न बाँकी नै छ ।

 

Nabintech