९ मंसिर २०८१, आईतवार
खानेपानी निर्वाचन : साना शहरी कि बृहत्त शहरी ?

भोलि कानुनि जटिलता र बैधानिकतामाथि प्रश्न आउन सक्ने


  • टाइम्स संवाददाता

  • ४ श्रावण २०८०, बिहीबार १७:४३

कोहलपुर:कोहलपुरमा रहेको कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता उपभोक्ता संस्थाको आठौं बार्षिक साधारण सभा तथा अबिधेसन पश्चात अब यो उपभोक्ता संस्थाको चुनावी प्रक्रिया शुरु भएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एबं खानेपानीका निर्बाचन अधिकृत टिकाराम ढकालले बताईरहदा उनैको कार्यकक्षमा टाँगिएको बोर्ड र उनले प्रयोग गरेका कागजपत्रमा फरक फरक नाम भएपछि निर्वाचन प्रक्रियामा नै शंका गर्ने ठाउ उब्जिएको एक उपभोक्ताले कोहलपुर टाईम्सलाई बताएका छन ।

निर्वाचन अधिकृतको कार्यालयमा कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उभोक्ता संस्था लेखिएको बोर्ड टाँसिएको छ भने निर्वाचन अधिकृतले प्रयोग गरि प्रमाणिकरण गर्ने कागजातमा कोहलपुर बृहत शहरी खानेपानी तथा सरसफाई उभोक्ता संस्था लेख्दै कार्यक्रम समेत सार्वजनिक गरिएको छ ।

यस बिषयमा साधारण सभामा समेत कुरा उठेपछि नाममा कुनै परिवर्तन नगर्ने उपस्थित सदस्यहरुको राय रहेको थियो भने सानालाई बृहत भनि बनाइएको ब्यानरको समेत चर्को बिरोध र आलोचना भएको थियो ।

निर्वाचन अधिकृत टिकाराम ढकालले ३ गते प्रकाशन गरेको निर्वाचन कार्यक्रममा कोहलपुर बृहत शहरी भन्दै निर्वाचन तालिका सार्वजनिक गरेका छन भने मतदाताहरुको नामावलीमा समेत बृहत शहरी नै उल्लेख गरेका छन । साधारण सभाबाट बहुमतले अस्विकृत नाम किन प्रयोगमा ल्याईएको हो र बोर्डमा साना शहरी नै किन राखेको सो बारे राजनैतिक दलका नेताहरुले समेत जवाफ दिन अस्विकार गरेका छन ।स्मरण रहोस लागोमा समेत कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उभोक्ता संस्था रहेको छ ।

कानुनबिदहरु साधारण सभाबाट पारीत नभएको बिषय बस्तु राखी अभिलेख गर्दा भोलि कानुनि जटिलता र बैधानिकतामाथि प्रश्न आउन सक्ने औंल्याएका छन । अधिबक्ता पुर्ण ढकाल यस्ता कुराहरुमा चनाखो भएर काम नगर्ने हो भने असन्तुट पक्षहरु अदालत सम्म जान सक्ने स्थिती सिर्जना हुन सक्ने भन्दै मानविय त्रुटि भए बेलैमा सच्चाएर चुनावमा जान सुझाव दिएका छन ।

Nabintech